बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ७ माघ

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको  छ। मंगलबार ३१८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३ हजार ६९३ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा एकजना, झापामा २, सोलुखुम्बुमा एकजनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै प्रदेश नम्बर २ मा पर्सामा ३ जना, महोत्तरीमा २, रौतहटमा एकजना र सप्तरीमा एकजनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ११६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा १५, दोलखामा २,धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ३, मकवानपुरमा एकजना, ललितपुरमा २६ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २४, गोरखामा एकजना, तनहुँमा ११,नवलपरासीमा पूर्वमा एकजना, पर्वतमा ३, लमजुङमा २ र बाग्लुङमा ३ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३ जना, कपिलवस्तुमा ३ जना, गुल्मीका २, दाङमा ३, नवलपरासीमा ५, पाल्पामा ७, प्युठानमा एकजना, वर्दियामा ५, बाँकेमा २३ र रुपन्देहीमा  १४ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको  हुम्लामा एकजनामा एकजनामा कोरोना संक्रमण देखिएको छ ।  सुदूरपश्चिम प्रदेशको  कैलालीमा १८जना, कञ्चनपुरमा ३, बाजुरामा एकजना र बैतडीमा एकजनामा  कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *