माघ ४ गतेदेखि नन कोभिडको उपचार शुरु गर्दै शुक्रराज अस्पताल 

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २९ पुस

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले माघ ४ गतेदेखि नन कोभिडका बिरामीको उपचार शुरु गर्ने भएको छ।

कोभिड विशेष अस्पतालको रुपमा सेवा दिदैं आइरहेको शुक्रराज अस्पतालले सूचना जारी गर्दै माघ ४ गते आइतबारदेखि नन कोभिडका बिरामीको सुरु गर्ने जानकारी दिएको हो।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘माघ ४ गते आइतबारदेखि लागू हुने गरी पूर्ववत रुपमा नन कोभिड बिरामीहरुका लागि समेत अस्पतालमा उपलब्ध सेवा प्रवाह सूचारु गरिएको व्यहोरा सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँछौं।’

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शुक्रराज अस्पताललाई कोभिड विशेष अस्पतालमा परिणत गरी कोभिड संक्रमित बिरामीलाई मात्र उपचार गर्ने गरिएको थियो।

सबै अस्पताललाई कोभिड बाहेकका नियमित सेवा पनि सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि निर्देशन दिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *