पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददता

काठमाडाैं, ४ कात्तिक

पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ शजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ। कुल संक्रमितमध्ये ११ हजार ३१५ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ७२६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ।

उक्त अवधिमा ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ। हाल २२५ जना क्वारेन्टाइनमा छन्। २८८ जना आइसीयू र ९८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *