पछिल्लो २४ घण्टामा ५५४ संक्रमित थपिए, ५२६९ जनाको पिसिआर परीक्षण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २४ पुस

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २१ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार २ सय ६९ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७४ हजार ५ सय ६१ पुगेको छ।

शुक्रबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ३८ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ५ सय ८५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *