पछिल्लो २४ घण्टामा ७४३ संक्रमित थपिए, ६ हजार ५५९ जनाको पिसिआर परीक्षण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ८ मंसिर

पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९० हजार ७सय ४० पुगेको छ।

बुधबार थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय ९ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा ९५२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *