थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १८०८ पुग्यो

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, ९ पुस

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १८ सय नाघेको छ। गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि बुधबार पनि ५ जना संक्रमितको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा नेपालमा ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ५ हजार ५ सय १० जनाको पिसिआर परीक्षण गर्दा ६ सय १३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९६ हजार २ सय ५० पुगेको छ।

पछिल्लो २४ घण्टामा ७३९ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *