स्तालिनको जीवन मूल्याङ्कन गर्दा (आधा शताब्दीपछि एक श्रद्धाञ्जली)

अन्तर्राष्ट्रिय राजनीति विचार विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, ६ मंसिर

स्तालिनको मृत्युको समाचार आजभन्दा ५० वर्षपहिले मार्च महिनामा फैलिएको थियो । उहाँ ७४ वर्षको हुनुुहुन्थ्यो र सन् १९२४ मा भ्लादिमिर इलिच लेनिनको मृत्युपश्चात् सोभियत सङ्घको कम्युनिस्ट पार्टीको महासचिव हुनुहुन्थ्यो । बोल्शेविकहरूको विश्व हल्लाउने निर्माण भनिने वर्षहरूको समय मजदुर वर्गको क्रान्ति र माक्र्सवादी–लेनिनवादी समाजवादको विश्वमै पहिलो परीक्षणमा उहाँ महासचिवमा हुनुुहुन्थ्यो । सोभियत सङ्घको क्रान्तिकारी सङ्घको नेतृत्व उहाँले गरुञ्जेल जनता, पार्टी र राज्यले युद्ध र अन्तहीन आक्रमणहरू बाह्य साम्राज्यवादी शक्तिहरूका साथै आन्तरिक, पूर्वजारशाही पुँजीवादी र जमिनदार (कुलका) वर्गका अवशेषहरू दुवैतिरबाट भएको थियो । तीमध्ये केही क्रान्तिकारी नयाँ राज्यमै रह्यो भने धरैजसो युरोप र उत्तर अमेरिका आफ्ना साम्राज्यवादी सहयोगीहरूको आश्रयमा पुगे । स्तालिनको जीवनकालभरि सोभियत सङ्घको कम्युनिस्ट पार्टीको नेतृत्वअन्तर्गत सङ्गठित र एकजुट भएको ठूलो शक्ति र सङ्घर्ष क्षमताले प्रतिगामी प्रयासलाई पटक–पटक पराजित गर्‍यो । एकीकृत सोभियत जनताको नेतृत्व जोसिप भिसारओनोभिच जुगाशभिली (Josip Vissarionovich Djugashvili) स्तालिन ‘स्तालिनको मान्छे’ ले गर्नुभएको थियो ।

जनताविरुद्ध चर्को दमन र हिंसा गर्ने शताब्दीयौँ पुरानो जारवादी शासनले सृजना गरेको गरिबी र असम्भव परिस्थितिमाझ १५ वटा सङ्घीय गणतन्त्रहरूलाई मिलाएर सोभियत जनताको ठूलो श्रमबाट सोभियत सङ्घ जन्मेको थियो । स्तालिनको मृत्युको समयमा सोभियत जनतामाझ सफल समाजवादी विकासको रूपमा उहाँको महत्वपूर्ण छवि बनिसकेको थियो । सोभियत सङ्घले जर्मनीको क्रुर नाजी शासनलाई नष्ट गर्ने केन्द्रीय शक्तिमात्र थिएन बरू सम्पूर्ण मानवतालाई नै डरलाग्दो आतङ्क र खतराबाट पनि मुक्त ग¥यो । सं.रा. अमेरिका र बेलायतलगायत तिनीहरूले निःशर्त आत्मसमर्पणमा हस्ताक्षर गरेका थिए । संयुक्त राष्ट्र सङ्घको स्थापना गर्नमा पनि तीनै शक्तिहरू प्रमुख थिए । स्तालिन त्यसको कर्णधार हुनुहुन्थ्यो ।

दोस्रो विश्वयुद्धले सोभियत जनताको व्यापक विनाश (३ करोड ५० लाख) ग¥यो, साथसाथै पूर्वाधार, उत्पादक क्षमता र भूमिको व्यापक विनाश गर्‍यो । यी सबै स्थितिमा पनि स्तालिन ‘सर्वोच्च सेनापति’ (Commander in chief) को रूपमा रहिरहनुभयो । उहाँको उल्लेखनीय भूमिकाले चर्चिल र रुजबेल्टलगायतका दोस्रो विश्व युद्धका अन्य नेताहरू ओझेलमा परे । यी सबै सन् १९४१ जूनदेखि मे १९४५ सम्म लम्बिएको पूर्वी मोर्चाको युद्धमा २५० भन्दा बढी नाजी डिभिजनहरू ध्वस्त गर्न सक्नुको कारण थियो । तर, पश्चिमी दोस्रो मोर्चा बेलायती समुद्र जल डमरुमा भने जून १९४४ मा ५० भन्दा कम नाजी डिभिजनहरूको उपस्थिति थियो । वास्तवमा सम्पूर्ण प्रजातान्त्रिक विश्व स्तालिनको नेतृत्वमा रहेको सोभियत जनताप्रति ऋणी छ । कम्युनिस्टविरोधी शीतयुद्ध उन्मादका बेला धेरै भ्रामक हल्लाहरू चलाइए तापनि सोभियत युद्ध तथा जे.भी.स्तालिन र उहाँको कम्युनिस्ट पार्टीको युद्ध नेतृत्वको महत्वमाथि कुनै शङ्का नरहेको इतिहासले प्रमाणित गरेको छ । दोस्रो विश्व युद्धमा फासीवाद र नाजीवादमाथिको विजय २० औँ शताब्दीको मानव र विश्व इतिहासको प्रमुख घटना थियो । यसले पूर्णरूपमा साम्राज्यवादको शीतयुद्धको ‘ठूलठूला झूटहरूलाई’ खण्डन गरेको छ । स्तालिन र उहाँको नेतृत्वलाई एकाधिकार पुँजीवादका ‘ठूल्ठूला झूटहरू’ को प्रचारहरूलाई पनि ‘झूठ’ सावित गरेकोमा बढी श्रेय दिनुपर्दछ । अन्तर्राष्ट्रियरूपमा प्रख्यात, न्यु–योर्क विश्वविद्यालय (New York University) का अङ्ग्रेजीका अवकाश प्राप्त प्राध्यापक केनेथ नील क्यामेरोन (Kenneth Neil Cameron) सन् १९८७ मा प्रकाशित आफ्नो पुस्तक ‘स्तालिन, विरोधाभासपूर्ण व्यक्तित्व’ को प्राक्कथना लेखेका छन् –

“अन्य कुनै व्यक्तिले होइन स्तालिनले प्रथमतः समाजवादी समाज निर्माण गर्नुभएको थियो र साम्राज्यवादी हस्तक्षेप तथा गृहयुद्धले गरेको विनाशमाथि समाजवादी समाजका निर्माण गर्नुभयो । नाजी साम्राज्यवादको अन्त्य गर्नुमा उहाँले समाजवादको रक्षामात्र गर्नुभएन बरू संस्थापनाहरू पूर्वी युरोपमा पनि फैलाउनुभयो । यी नै महान् उपलब्धिहरूको कारण स्तालिन हाम्रो शताब्दीका ऐतिहासिक व्यक्तिहरूमध्ये सबभन्दा अग्रज हुनुहुन्छ । यी उपलब्धिहरू सम्पूर्ण मानवताको हितमा थियो र विश्व प्रतिक्रियावादी योजनाको विरुद्ध थियो ।”


स्तालिनको त्यस ऐतिहासिक मूल्याङ्कनप्रति हामी सबै सहमत छौँ । समाजवादको निर्माण र रक्षा गरेर ‘एकाधिकारविरोधी अवरोधको’ भन्दा पनि बढी उहाँप्रति घृणा र दुष्प्रचार गरियो । आर्थिक र सामाजिक सिद्धान्त र व्यवहारमा यो विभेद प्रस्टरूपमा देख्न सकिन्छ । आफ्नो मृत्युभन्दा एक वर्षअगाडि सन् १९५२ मा उहाँले ‘समाजवादका आर्थिक समस्याहरू’ पुस्तक प्रकाशित गर्नुभयो । त्यस पुस्तकलाई सोभियतविरोधी शीत युद्धकालीन शक्तिहरूले धेरै आलोचना गरेका थिए । वास्तवमा त्यो पुस्तक सोभियत सङ्घको समाजवादको शक्ति र कमजोरीहरूको ठीक मार्क्सवादी विश्लेषण एवम् सोभियत समाजवादी प्रणालीभित्रका विरोधाभासपूर्ण तत्वहरूको तस्वीर थियो । यी सबै युद्ध अर्थतन्त्र र गलत वैमनस्यतापूर्ण आर्थिक सिद्धान्त र अभ्यासको परिणाम हो । आफ्नो पुस्तकमा उहाँले समाजवादी अर्थतन्त्र र साम्राज्यवादतर्फको सङ्क्रमणको विषयमा उल्लेख गर्नुभएको छ । माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा संशोधन गर्ने प्रवृत्ति र क्रियाकलापहरू सोभियत समाजवाद र कम्युनिस्ट समाजतर्फको सुनियोजित विकासमा खतरा भएको स्तालिनले देख्नुभएको थियो । ‘सामग्री उत्पादन’ मा दिइएको बढी जोड अस्वीकार्य भएको उहाँले बताउनुभयो । हामी माक्र्सवादीहरू समाजवाददेखि साम्यवादसम्मको सङ्क्रमण, आवश्यकताअनुसार उत्पादनहरूको वितरणको सिद्धान्तप्रति दृढ छौँ । तर का. सानिना र भेनजर (Commrade Sanina and Venzher) उत्पादन वितरणबाट नै सङ्क्रमण हुन्छ भन्ने सोच्छन् । यो गम्भीर गल्ती हो ।

स्तालिनका मार्क्सवादी आर्थिक सिद्धान्तअनुसार समाजवादअन्तर्गत उत्पादन क्षमता बढाएर सामग्री उत्पादन र वितरणलाई बिस्तारै विस्थापित गर्दै सम्पूर्ण मानवीय ‘आवश्यकता’ निःशुल्करूपमा पूरा गर्न सक्ने र यस्तो उच्चस्तरको आर्थिक विकास र उत्पादन हुनसक्थ्यो र पर्याप्तरूपमा विकसित प्रविधि र उत्पादन सङ्गठन आधारित यसले पहिलो पटक साम्यवादको ऐतिहासिक चरणको ढोका खुल्ने थियो । स्तालिनले यस्तो ‘क्रान्तिकारी’ परिवर्तन लगाउने कुनै निश्चित समयावधि तोक्नुभएको थिएन । तर, माक्र्सवादी–लेनिनवादी–स्तालिनवादी नेतृत्वअन्तर्गत अगाडि बढ्ने सोभियत जनताको बाटो त्यहीँ थियो । जहाँसुकै शोषण एकलौटी पुँजीवादहरूको लागि पूर्णरूपले अस्वीकार्य थियो । आफ्नो पुस्तकमा स्तालिनले विभिन्न चरणहरूमा निम्नलिखित कुराहरू प्राप्त गर्नुपर्ने बताउनुभएको छ – विकासको क्रमबाट मानवीय चालचलन (व्यवहारमा) समेत ‘क्रान्तिकारीकरण’ गर्न सकिन्छ ।

‘समाजका सम्पूर्ण सदस्यहरूलाई तिनीहरूको शारीरिक र मानसिक क्षमताको चौतर्फी विकासको प्रत्याभूति दिने, सामाजिक विकासका सक्रिय सदस्य बन्न सक्षम बनाउने शिक्षाको ग्रहण गराउने, पेशा छान्ने स्वतन्त्रता दिने, ‘वर्तमान श्रम विभाजनप्रति’ जीवन सीमित नराख्ने समाजको सांस्कृतिक विकास गर्नुपर्दछ ।’
‘यसको लागि काम गर्ने समय घटाएर ५ वा ६ घण्टा पुर्‍याउनु पर्दछ । सर्वव्यापी अनिवार्य बहुप्राविधिक शिक्षा प्रणाली लागू गर्नुपर्दछ । आवासको अवस्था सुधार्नुपर्दछ र मजदुर कर्मचारीहरूको ज्याला कम्तीमा पनि दोब्बर बढाउनुपर्दछ । उपभोग्य सबै सामग्रीको मूल्य घटाउनुपर्दछ ।’

७ वर्षअगाडि सोभियत जनता र विश्वलाई शान्ति र स्वतन्त्रताको नयाँ दृष्टिकोण दिन महत्वपूर्ण भूमिका खेल्ने माक्र्सवादी–लेनिनवादी नेताका यस्तो विचार, योजना र व्यवहारिक परियोजना थियो । साम्राज्यवादी जर्मनीको नाजीवादको अवरोध तोडिएको थियो । सोभियतहरूले भोगेको मानवीय क्षति र विनास अवर्णनीय थियो । माथिका प्रस्तावहरू प्रस्तुत गर्दा स्तालिन सोभियत सङ्घभित्र जारतन्त्रका पुराना प्रवृत्तिहरू प्रतिक्रियावादीहरूसँग सङ्घर्ष गर्दै जानुपर्दा आफूले नेतृत्व गरिरहेको कम्युनिस्ट पार्टीभित्र केही अधिकारीहरू त्यस्ता विचारहरू राख्थे ।

यस्तो पछौटे मूल्य मान्यताहरू मजदुर वर्गीय माक्र्सवाद–लेनिनवादको अस्वीकृति र नैतिकरूपले शत्रु थिए ।
सन् १९५६ सम्ममा र सोभियत सङ्घको कम्युनिस्ट पार्टी (CPSU) को २० औँ महाधिवेशनसम्ममा सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्शेविक) (CPSU-B) मा आफ्नो स्वार्थ हेर्ने अवसरवादी र लुकेका विभिन्नखाले विश्वासघातीहरू जन्मिसकेका थिए । सोभियत सङ्घभित्र र बाहिरका शत्रुहरूले ‘स्तालिनको बदनाम गर्ने ’ योजना बृहत्रूपमा निरन्तर चलाए । सन् १९५६ को खुश्चेभको ‘गोप्य’ प्रतिवेदन सोभियत जनताबाट लुकाइयो । तर, सं.रा. अमेरिकी पत्रिका न्यु–योर्क टाइम्स (New York Times) मा बुझाइयो । लेनिनको सबभन्दा असल रक्षक र अनुयायी, सोभियत जनताको एकपछि अर्को विजयमा साथ रहेका स्तालिनको बेइज्जती र बदनामी गर्ने, अपराधीकरण र मिथ्यावादको अभियान चलाइयो । सारा विजय सँगसँगै एकाधिकार पुँजीवादले बढावा दिएको अन्तर्राष्ट्रिय शत्रुता पनि बढ्यो । अति विकसित मजदुर र किसान एकता तोड्ने तिनीहरूको मुख्य हतियार बन्यो । लेनिन र स्तालिनको नेतृत्वअन्तर्गत विकसित सोभियत समाजवादी अर्थतन्त्रलाई नष्ट गर्ने खुश्चेभको योजना तीव्रगतिमा अगाडि बढिरहेको थियो । ब्रेझनेभको हस्तक्षेप सन् १९६४ मा खुश्चेभको पदच्युतपछि अन्य नेतृत्वहरूले गरेको प्रयासले बढ्दो कर्मचारीतन्त्र र ‘शक्तिशाली सोभियत भूमिमा’ माक्र्सवाद र लेनिनवादको असफलतालाई रोक्न सकेन । त्यसपछि गोर्वाचोभ–शेभरनाड्जे, यल्सीन–याकोभ्लेभको विश्वासघाती कदमहरूको कारण सोभियत सङ्घको अस्थाई हार भयो । खुश्चेभपछि सोभियत सङ्घको कुनै पनि नेतृत्वले माक्र्सवादी लेनिनवादी दृष्टिकोणलाई पूर्णरूपमा फिर्ता ल्याउन सकेन । सोभियत र अन्तर्राष्ट्रिय मजदुर वर्ग, माक्र्सवादी लेनिवादी पार्टी र जनतालाई यस घृणित अभियानले जतिको चोट अरू कसैले पुर्‍याउन सकेको थिएन ।

यसको परिणामप्रति कुनै टिप्पणी गर्नुपर्ने आवश्यकता छैन । ‘एक धु्रवीय’ विश्वमा एकाधिकारवादी युद्धहरू व्यापक गरिबी, दुःखकष्ट र विश्वका जनतालाई पूर्व सोभियत सङ्घमा आतङ्कित पार्नु आदि सबैले अनुभव गरेका छन् । गोर्वाचोभ, याकोभ्लेभ रास्पुटिन (Yakovlev the Rasputin) युद्धहरू आदिले गुटको षड्यन्त्रपूर्वक तयार गरिएका झूटहरू यति छन् कि ती सबै यहाँ उल्लेख गर्न सकिँदैन । जति व्यक्तिहरूको हत्या गरिएको आरोप स्तालिनमाथि लगाइएको छ, त्यसको दस भागमध्ये एक भागको पनि स्तालिन जिम्मेवार भएका भए विश्वलाई बचाउन जति सोभियत जनता लडेका थिए त्यसको दसमध्ये एक अंश पनि लड्न उपस्थित हुने थिएन । स्तालिनले सोभियत सङ्घको नेतृत्व गरेको वर्षहरूको निष्पक्ष मूल्याङ्कन हुनुपर्दछ ।

सोभियत समाजवादका शत्रुहरूले फैलाएका ठूल्ठूला झूटहरूबाट बङ्ग्याइएको इतिहासलाई सच्याउन गरिने सङ्घर्ष कठिन तर बृहत् हुनेछ । विश्वको मजदुर वर्ग र जनता आधारभूत परिवर्तनको लागि नयाँ लक्ष्यहरू प्रस्तुत गर्न सक्षम र उत्सुक हुनेछन् । विगत, वर्तमान र भविष्यको इतिहासले पनि यही मागेको छ । ‘‘जित्नको लागि पूरा विश्व छ ।’’ र यसको पूर्वाधार भनेको स्तालिन र मार्क्सवादी–लेनिनवादीहरूले उठाएको नारा ‘विश्वका मजदुरहरू एक होऔँ’ हो । यस नारालाई उचाइमा पुर्‍याउने सम्पूर्ण मार्क्सवादी लेनिनवादीहरू स्तालिनप्रति सम्मान व्यक्त गर्दछौँ ।

केनेथ नील क्यामेरोवको माथि उल्लेखित पुस्तकमा प्रकाशित, प्रोमिथस (Promethus) को कथामा आधारित कविता ‘चन्द्रमातिर’ तल प्रस्तुत छ –
थकित नभई अगाडि बढ
आफ्नो शिर कहिल्यै नझुकाऊ
कुहिरोको बादल हटाऊ
सर्वशक्तिमान भगवान महान छन् ।
अगाडि बढ, अथक तिमी
आफ्नो शिर कहिल्यै नझुकाई
कुहिरो बादल छताछुल्ल पारी
महान् दूरदर्शी महाशक्ति
संसारलाई हेरेर मुसुक्क हाँस
जो तिमै्र अगाडि लम्पसार छ
बालकलाई सुताउन गुन गुनाउने गीत
जो आधारमा झुन्डिएको हुन्छ ।
एकचोटि दमनकारीहरूबाट
दबाइएका ती, राम्रोसँग जान उठ्नेछन् माथि
माथिसम्म फेरि
पवित्र पहाडमाथि पखेटा फिजाउँदै ।

यो कविताको लेखक जोसेफ भिसारिओ निमिक तगुराभिजो (स्तालिन) आफ्नो जन्मस्थल जोर्जिया (Zeorgea)को एक धार्मिक स्कूलमा पढ्दा एक युवा विद्यार्थी बेलाको हो । अन्यायको विरोधमा क्रान्तिकारी बाटो खोजिरहेका एक युवाको अभिव्यक्ति हो । जीवनमा व्यरुदेनजा प्रोमिथस (Promethus) देवी–देवताको पौराणिक कथाअनुसार प्रोमिथस मुदिवन भरि पहाडमा बाँधिएका थिए । (साभारः अनलाइन मजदुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *