७३४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २६ मंसिर

देशभर हाल ७ हजार ३ सय ४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन्। १२ हजार १ सय ४८ कुल संक्रमितमध्ये ७ हजार ३ सय ४१ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ४ हजार ८ सय ७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ४ हजार १ सय ९५ जना संक्रमित होम आइसोलेसनमा छन्।

प्रदेश १ मा ८ सय ९५, प्रदेश २ मा १ सय ४४, गण्डकी प्रदेशमा २ सय ११, लुम्बिनी प्रदेशमा १ हजार १४, कर्णालीमा ८४ र सुदूरपश्चिममा ७ सय ९८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

यसअघि बिहीबार ७ हजार ३ सय ४१ जना संक्रमित होम आइसोलेसनमा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *