सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ मंसिर

प्रदेश १ को इलाममा १०, ओखलढुंगामा २, झापामा २२, ताप्लेजुङमा ३, तेह्रथुममा १, पाँचथरमा १, मोरङमा २०, सुनसरीमा ११ र संखुवासभामा ६ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ३, पर्सामा २, बारामा ९, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा ५, सर्लाहीमा २ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ४४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १५, चितवनमा ३६, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा ४, भक्तपुरमा ३१, मकवानपुरमा ९, रामेछापमा १, ललितपुरमा ६७, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा ४, तनहुँमा १०, नवलपरासी पूर्वमा ८, पर्वतमा ११, लमजुङमा ५, बागलुङमा ९ र स्याङजामा ६ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १५, कपिलवस्तुमा २८, गुल्मीमा २, दाङमा २८, नलवपरासीमा १०, पाल्पामा १४, बर्दियामा ३, बाँकेमा ९, रोल्पामा २ र रुपन्देहीमा ५३ जनामा कोरोना पाइएको छ।

कर्णाली प्रदेशको कालिकोटमा ३, जाजरकोटमा २, जुम्लामा ४, दैलेखमा २, मुगुमा ४ र सुर्खेतमा १६ जनामा कोरोना भेटिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २२, कञ्चनपुरमा २७, कैलालीमा २४, डडेल्धुरामा १२, बझाङमा १०, बाजुरामा १ र बैतडीमा २ कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *