नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २२० जनाको पिसिआर परीक्षण

विशेष समाचार समाचार स्वास्थ्य

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ।

हाल क्वारेन्टाइनमा ५२७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ९४८ जना सक्रिय संक्रमित छन्।

आज १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *