देशभर ३२१ जना संक्रमित आइसियु र ४८ जना भेन्टिलेटरमा उपचाररत

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ३० मंसिर

आज देशभर  ३६९ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचारत रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न कोभिड१९ अस्पतालमा ३२१ जना संक्रमित आइसियु र ४८ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशमा  १२७ जना आइसियु र २६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

त्यसैगरी, प्रदेश १ मा ३७ जना आइसियु र १ जना भेन्टिलेटरमा, प्रदेश २ मा ९ जना आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९७ जना आइसियु र ८ जना भेन्टिलेटरमा उपचाररत छन्।

लुम्बिनी प्रदेशमा ३८ जना आइसियुमा र ४ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ६ जना आइसियुमा र ४ जना भेन्टिलेटरमा र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसियुमा र ३ जना भेन्टिलेटरमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *