कोरोना संक्रमितबाट उपचार शुल्क नलिन सूचीकृत कोभिड अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २१ मंसिर

कोरोना संक्रमितको उपचारको दोहोरो शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचीकृत अस्पतालहरुलाई निर्देशन दिएको छ।

कोरोनाको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाको उपचार गरे बापत बिरामी र मन्त्रालय दुवैबाट शुल्क नलिन अस्पतालहरुलाई निर्देशन दिएको हो। आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ।

कोरोनाको दोहोरो शुल्क लिएको पाइएमा मन्त्रालयले कारबाही गर्ने प्रवक्ता गौतमले चेतावनी दिएका छन्। दोहोरो शुल्क लिए÷नलिएको बारे अनुगमन गर्न समिति समेत गठन गरिएको उनले जानकारी दिए।

उनले भने, ‘उपचारका लागि सूचीकृत अस्पतालहरुले सेवाग्राहीसँग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग दुवैतिर दोहोरो शुल्क लिइरहेको भन्ने जनगुनासोहरु आइरहेको छ। यस सन्दर्भमा अनुगमन गरी कारबाहीका लागि केश व्यवस्थापन कार्यदलले अत्यावश्यक कामहरु गर्ने गराउने भन्ने निर्णय भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *