१५७५ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ मंसिर

पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै नेपालमा २ लाख २१ हजार ८ सय ४७ जना संक्रमित उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार ८ हजार ३१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख ७१ हजार ९ सय ५० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५ सय ३७ जना क्वारेन्टाइनमा छन्।  नेपालमा १५ हजार ४ सय ४७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *