थप ३४७ जनामा कोरोना पुष्टि, ३१७७ जना सक्रिय संक्रमित

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडौ, ८ साउन

पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ३३५ संक्रमित भेटिएका थिए।

गत २४ घण्टामा ९५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ। उक्त अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल ३ हजार १७७ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *