फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यदलद्वारा प्रतिवेदन हस्तान्तरण

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य
भक्तपुर, १४ जेठ
भक्तपुरको फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यदलका प्रमुख अमितशंकर रञ्जितले नगर प्रमुख सुनिल प्रजापतिलाई प्रतिवेदन बुझाए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फोहोर व्यवस्थापन गर्न अल्पकालीन र दीर्घकालीन सोचको आवश्यकता भएको र भक्तपुरको फोहर व्यवस्थापनमा नयाँ प्रविधिको अध्ययन गर्न ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेजको वातावरण विज्ञान विज्ञहरूसहितको संयुक्त कार्यदल गठन सात महिना अघि गठन गरेको बताए ।
काठमाडौं उपत्यकाको फोहर एकै ठाउँमा व्यवस्थापन गर्नु अनुचित भएको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको फोहर व्यवस्थापन गर्न अहिलेदेखि नै अध्ययन अनुसन्धानलाई जोड दिएको प्रस्ट पार्दै प्रमुख प्रजापतिले फोहरलाई कम्पोष्ट मल बनाउने मौलिक शैलीको अध्ययनबारे पनि ध्यान दिनु आवश्यक भएको बताए ।
भक्तपुर नगरपालिकाले सरसफाइमा नयाँ प्रविधि अपनाउँदै त्यसको उचित व्यवस्थापन गर्दै जाने बताउँदै प्रमुख प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले हरेक विषयमा अध्ययन र अनुसन्धानलाई जोड दिइरहेको बताए ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले नगरको सरसफाइलाई ध्यानमा राखेर पाक्षित सरसफाइको अभियान सुरु गरेको बताउँँदै घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याएर संकलन गर्ने ध्येले नगरबासीहरूलाई बाल्टिन तथा कम्पोष्ट बिन वितरण गरेको बताए ।
उनले भक्तपुरबासीको मुख्य पेशा कृषि भएकोले कुहिने फोहेरलाई पुनःप्रयोगमा ध्यान दिनुपर्ने र फोहरलाई सही रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
भक्तपुर नगरपालिकाको फोहर व्यवस्थापनसम्बन्धी अध्ययन कार्यदलका संयोजक अमितशंकर रञ्जित, कार्यदलका  सदस्यद्वय पुन भैल, सुशिला ग्वाछा र नलेज इन्टिग्रेसन सर्भिसका डा. ज्योतिले विभिन्न क्षेत्रबाट निस्केको फोहर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रस्तुतीकरण दिएको थियो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले फोहरलाई वैकल्पिक ऊर्जाको रुपमा प्रयोग गर्ने नगरपालिकाको उद्देश्य रहेको प्रस्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *