विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७३ प्रतिशत उत्तीर्ण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १३ मंसिर

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ तहको चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। परीक्षामा ७३ दशमलव ३ प्रतिशत उत्तीर्ण भएका छन्।

काउन्सिलले शुक्रबार र शनिबार पाँच चरणमा परीक्षा लिएको थियो। परीक्षामा ८३९ जना सहभागि भएका थिए। जसमा ६१५ जना उत्तीर्ण भएका छन्। कुल सहभागिमध्ये २२४ जना अनुतिर्ण, ४ जना अनुपस्थित र १ जनाको परीक्षा स्थगित गरिएको छ।

काउन्सिलले यसपटक कम्प्युटरमा आधारित परीक्षा लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *