नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो, आज ३०४३ जना डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ८ मंसिर

 नेपालमा  कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएकासँगै २ लाख २ हजार ६७ जना संक्रमित संक्रमणमुक्त भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ।

आज १० हजार ३ सय ८१ जना शंकास्पद व्यक्तीको  पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा १६ लाख ७० हजार ४ सय ५६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६२९ जना क्वारेन्टाइनमा छन्।  नेपालमा १८ हजार ८ सय ८४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ।

आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *