सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ८ मंसिर

 नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ८० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा ५, उदयपुरमा ४, ओखलढुंगामा २, खोटाङमा ३, झापामा १ सय ६, ताप्लेजुङमा ११, तेह्रथुममा १, धनकुटामा ५, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३७, संखुवासभामा १२, सोलुखुम्बुमा ६ र सुनसरीमा ५० जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ३, पर्सामा १५, बारामा ४, महोत्तरीमा २, सप्तरीमा १२, सर्लाहीमा ३ र सिरहामा ४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ७ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५४, चितवनमा ८३, दोलखामा १६, धादिङमा १४, नुवाकोटमा १६, भक्तपुरमा ८५, मकवानपुरमा ५४, रसुवामा ६, रामेछापमा ३, ललितपुरमा १ सय ४३, सिन्धुलीमा १३ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७०, गोरखामा ३८, तनहुँमा १६, नवलपरासी पूर्वमा २०, पर्वतमा ६, म्याग्दीमा ५, लमजुङमा ५, वागलुङमा १६ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा २, दाङमा ५१, नलवपरासीमा ९, पाल्पामा १०, प्यूठानमा १२, बर्दियामा ५, बाँकेमा १५ र रुपन्देहीमा ४७ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा ८, दैलेखमा ३, सल्यानमा ६ र सुर्खेतमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ६, कैलालीमा २६, डडेल्धरामा ७, डोटीमा ३, बझाङमा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *