भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा चालू

विशेष समाचार समाचार
भक्तपुर, १५ असार
भक्तपुर नगरपालिकाको पाँचौ नगरसभाको बैठक शुक्रबार पनि चालु रह्यो । सो सभाले भक्तपुर नगरपालिकाको विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका २०७६, भक्तपुर नगरपालिका खेलकुद प्रशिक्षकसम्बन्धी कार्यविधि २०७६ पारित ग¥यो ।
नगरसभाका सभाअध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र आइपर्ने विपद् व्यवस्थापनको लागि प्राप्त कोष परिचालन गर्न विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका तयार गरेको, भक्तपुर नगरपालिकाका क्षेत्रभित्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट अनुशासित र स्वस्थ राख्न, लागुपदार्थ सेवन जस्ता कुलतबाट जोगाउन र नगरबासी युवाहरुको अभिन्न अंगको रुपमा विकास गर्न खेलकुद प्रशिक्षकसम्बन्धी कार्यविधिले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
आज पारित निर्देशिका र कार्यविधिमाथि नगर सभासद्हरु बलराम न्हिसुतु, राजेन्द्र माक, श्यामसुन्दर मातां, सिद्धिराम अवाल र गोविन्द दुवाललगायतले आ–आफ्नो धारणा व्यक्त गरेको थियो ।
भक्तपुर नगरपालिकाको विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका २०७६ सभासद्हरुद्वारा व्यक्त जिज्ञासामाथि विधायन समितिका संयोजक हरिराम सुवालले विपद् व्यवस्थापन कोषको प्रयोग र खर्चबारे प्रस्ट पारे ।
युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले हाल नगर खेलुकद समितिले ६ वटा विभिन्न खेलहरुको प्रशिक्षण सञ्चालन गरिरहेको जानकारी गराउदै युवाहरुलाई देशको सार्वभौमिकता रक्षामा दत्तचित्त बनाउन र छाडा संस्कृति विरुद्ध सचेतना फैलाउन कार्याविधिले सहयोगी भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
२०७६ असार १० गते भक्तपुर नपाका उपप्रमुख रजनी जोशीद्वारा पेश गरेको आ.व. २०७६÷७७ को वार्षिक बजेटबारे भएको छलफलमा नगरसभासद्हरुले आ–आफ्नो सुझावहरु प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *