सुशासनका लागि सूचना अनिवार्य

समाचार

खलङ्गा, ११ कात्तिक


राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकले सूचना बढी पाएमा सुशासन कायम हुने बताएको छ ।

सूचना आयोगले जुम्लामा कार्यालय प्रमुख र सूचना अधिकारीलाई सूचनाको संरक्षण, सम्वद्र्धन र प्रचलनमा राष्ट्रसेवक कर्मचारीको भूमिका विषयको अन्तरक्रिया उनले सूचनाको हकसम्बन्धी कानूनी व्यवस्थाबारे जानकारी दिए । बाँस्कोटाले राष्ट्रिय सूचना आयोगको कार्यालय काठमाडौँमा मात्रै भए पनि जिल्लामा प्रमुख जिल्ला अधिकारी नै सूचना आयुक्त भएको बताए ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जिल्लाका केही कार्यालयले सूचना नदिएको भन्ने गुनासा भएमा वा नियतबस सूचना नदिएमा कारबाही गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *