२४ घण्टामा ३५३७ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ कात्तिक

पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यो सँगै नेपालमा  १ लाख ६८ हजार १ सय २९ जना संक्रमित  उपचारपछि निको भएका छन्।

आज ९ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ९३ हजार ८ सय ५० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ९ सय ८६ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३७ हजार २२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *