४७४ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ कात्तिक

देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ७४ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र ३ सय ८७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६८ जना आइसियु र ६१ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७१ जना आइसियु र १ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ४९ जना आइसियु र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा १४ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा ६९ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ११ आइसियु उपचाररत रहेका छन्।

यसअघि  बिहीबार ४६०, बुधबार ४७७, मंगलबार ५००, सोमबार ४९४, आइतबार ४८०, शनिबार ४४१ जना आइसियु र भेन्टिलेटरमा उपचाररत थिए।

नेपालमा २ लाख ६ हजार ५ सय ५३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये १ लाख ६८ हजार १ सय २९ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार २ सय २ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *