शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ कात्तिक

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ७ सय ५३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा ४, उदयपुरमा १९, ओखलढुंगामा १, खोटाङमा १८, झापामा ५८, ताप्लेज्ङमा १, तेह्रथुममा ३, धनकुटामा ४, भोजपुरमा ३, मोरङमा २ सय ४५, संखुवासभामा ३,सुनसरीमा १३३ र  सोलुखुम्बुमा २ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा १०, पर्सामा ५, बारामा १९, महोत्तरीमा ४, रौतहटमा ५, सप्तरीमा १०, र सिरहामा १४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार २ सय ९४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७३, चितवनमा १०, दोलखामा ४, धादिङमा ७, नुवाकोटमा ३७, भक्तपुरमा ७७, मकवानपुरमा ३३, रसुवा ४, रामेछापमा ४, ललितपुरमा १ सय ४१, सुन्धुपाल्चोकमा १२ र  सिन्धुलीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८२, गोरखामा १५, तनहुँमा ४, नवलपरासी पूर्वमा ४, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा १०, बाग्लुङमा ११ र स्याङजामा ९ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा २१, गुल्मीमा ४, दाङमा १०, नलवपरासीमा १२, पाल्पामा २४, प्यूठानमा ३, बर्दियामा १९, बाँकेमा २२ रुपन्देहीमा ८५ र रोल्पामा १६ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १ , जुम्लामा १२, डोल्पामा २, दैलेखमा ५, मुगुमा ३, र  सुर्खेतमा १, र हुम्लामा १ जनामा कोरोना पुष्टि भएको छ।  सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा १९, कैलालीमा ७७, डोटीमा १, बझाङमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *