बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १९ कात्तिक

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ। गत २४ घण्टामा मात्र ३ हजार ३ सय ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा १, उदयपुरमा १३, खोटाङमा १, झापामा ६८, ताप्लेजुङमा १, धनकुटामा ४, पाँचथरमा १५, भोजपुरमा २, मोरङमा १ सय ७२, संखुवासभामा १ र  सुनसरीमा १ सय ३० जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा २२, पर्सामा २, बारामा १३, महोत्तरीमा ९, रौतहटमा १२, सप्तरीमा १०, सर्लाहीमा ४ र सिरहामा ८ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ५ सय ७० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६६, चितवनमा ८८, दोलखामा १६, धादिङमा १५, नुवाकोटमा ६२, भक्तपुरमा १ सय १९, मकवानपुरमा ४९, रसुवामा १, रामेछापमा ९, ललितपुरमा १ सय ८९, सिन्धुलीमा १४ र सिन्धुपाल्चोकमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय ९८, गोरखामा १५, तनहुँमा २४, नवलपरासी पूर्वमा १८, पर्वतमा ३, म्याग्दीमा १५, लमजुङमा ७, बाग्लुङमा २ र स्याङजामा २३ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ८, नलवपरासीमा १०, पाल्पामा १२, प्यूठानमा ९, बर्दियामा १९, बाँकेमा ४६ र रुपन्देहीमा १ सय १० जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जुम्लामा ४, दैलेखमा ६, रुकुम पश्चिममा ६ र सुर्खेतमा २ जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिमको अछाममा २, कञ्चनपुरमा १, कैलालीमा १८, डडेल्धुरामा ३, दार्चुलामा १, बझाङामा ६ र बैतडीमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *