भक्तपुर बचतको २४ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, १९ कात्तिक


भक्तपुर च्याम्हासिंहस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं स्थापना दिवसका अवसरमा कात्तिक १९ देखि २१ गतेसम्म विविध कार्यक्रमहरु राखेका छन् । आज १९ गते रक्तसञ्चार केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा संस्थाले रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा पुरुष ३९ र महिला १३ गरी जम्मा ५२ जना रक्तदाताले रक्तदान गरेको छ ।

वि.सं. २०५४ कात्तिक १९ गते स्थानीय ४० जना युवाहरुको सक्रियतामा शुरु गरेको उक्त संस्थाले यहि कात्तिक १७ सम्ममा महिला ३ हजार ९८२ र पुरुष ३ हजार ४८४ गरी जम्मा ७ हजार ४६८ सदस्य बनाउन सफल भएको छ । त्यस्तै बाल बचतकर्ता एक हजार २५५ जना रहेको उक्त संस्थाको शेयर पूँजी ९ करोड ९४ लाख २९ हजार ५ सय रुपैयाँ पुगेको छ । जम्मा कारोबार रकम २ अर्ब ५६ करोड ३९ लाख ६५ हजार ७५५ रहेको उक्त संस्थाको ऋण लगानी रकम २ अर्ब ७ करोड ६६ लाख १५ हजार ९६ रहेको संस्थाले मंगलवार पत्रकार सम्मेलनमा बताएको छ ।
नेपालमै समुदायमा आधारित सहकारी संस्थामध्येमा उत्कृष्ट कारोवार गर्न सफल उक्त संस्थाले सदस्य केन्द्रीत गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । ३६५ दिननै कार्यालय सञ्चालनमा ल्याएको उक्त संस्था आफ्नै सुविधा सम्पन्न दुई भवनमा पूर्ण कम्प्युटर प्रणालबिाट कार्य शुरु गरेको छ । संस्थाले बैंक व्यालेन्स शोको व्यवस्था, रेमिट्यान्स सेवा, असल ऋणीलार्ई व्याजदरमा १ प्रतिशत छुटलगायतका सुविधा दिइरहेको संस्थाका अध्यक्ष बलराम प्रजापतिले बताए ।

संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा विगतका वर्षमा झै बिहीवार लगभग १ सय ९९ जना ज्येष्ठ नागरिक सदस्य तथा बचतकर्तालाई पोषणयुक्त आहार वितरण गर्ने भएको छ । त्यस्तै संस्थामा सदस्य रहेका तथा सदस्य परिवारमध्येमा २०७७ चैत ११ देखि कात्तिक १७ सम्ममा कोही कोरोना संक्रमित देखिएका वा निको भएका व्यक्तिलाई सचेतनास्वरुप पानी तताउने जग, हट वाटर ब्याग र हर्लिक्सलगायतका सामग्री कात्तिक २१ गते घरदैलोमै वितरण गर्ने अध्यक्ष प्रजापतिले बताए । संस्थाले यसका अलावा विभिन्न उपसमितिहरुबाट सदस्य तथा गैरसदस्य केन्द्रीत गरेर विविध कार्यक्रमहरु पनि गरिरहेको उनको धारणा छ । संस्थाले आदर निकेटन बनाउने सोचका साथ संस्थाको भवनबाहेक थप ११ आना जग्गा पनि खरिद गरिसकेको उनले जानकारी दिए । समुदायमा आधारित संस्था भएकाले संस्थाले आर्थिकसँगै सामाजिक, सांस्कृतिक, स्वास्थ्य, व्यवहारिक, शैक्षिक तथा आत्मनिर्भरतासँग गाँसिएका विविध क्रियाकलापहरु गर्दै जाने बताइएको छ । साथै सरल र सुलभ तरिकाबाट बचत तथा ऋणको कारोवार गरी आर्थिक रुपमा सदस्यहरुलाई सबल बनाउने संस्थाको ध्यये लिएको छ । कार्यक्रममा संस्थाका पूर्व प्रबन्धक एवं सञ्चालक सदस्य जगनाथ प्रजापतिले पनि संस्थाकाे बारेमा जानकारी दिएका थिए । अन्तरक्रियात्मक रूपमा भएकाे पत्रकार भेटघाटमा जनसञ्चार एफएमका सुरेश सायँजू, चाँगुपत्र मासिकका हरिसुन्दर छुकां, ख्वपः सः का रविन्द्र प्रसाद कुसी, न्यूज अपडेट भक्तपुरका प्रेम प्रजापति, संन्ध्या टाइम्सका कृष्ण प्रजापति, न्यातापाेल एक्सप्रेसका विश्वराम दुवाल, अन्नपूर्ण पाेष्टका इश्वरकाजी खाइजूलगायतले संस्थाबारे टिक्का टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *