न्यूज अपडेट
काठमाडाैं, १७ कात्तिक
मंगलबार राजधानीका विभिन्न स्थानमा ३ घण्टा विद्युत आपूर्ति अवरुद्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडाैं ग्रिड महाशाखाबाट स्युचाटार सबस्टेशनमा जडित ११ के.भि स्विचगीयर प्यानल बदली गरी नयाँ स्वीचगीयर प्यानल जडान गर्ने कार्यकाे लागि उक्त सबस्टेशनबाट वितरीत स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।
जस अनुसार कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलंकी, थानकाेट, कालिमाटी र तहाचाल फिडरमा बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत सेवा अवरूद्द हुने प्राधिकरणले जनाएको छ । सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले प्रष्ट पारेको छ ।