न्यूज अपडेट संवाददाता
भक्तपुर, २४ चैत
उक्त अधिवेशनबाट रेडियो जनसञ्चारका स्टेशन म्यानेजर सुरेश प्रसाद साँयजूको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष के.बी. सम्रातबाट उद्घाटन भएको उक्त कार्यक्रममा उनले स्वतन्त्रको अर्थ बुझी कार्य गर्नुपर्ने औल्याए । कोही पनि पत्रकार राजनीतिक पार्टीको पछि नदौडी तिनीहरुलाई बाटो देखाउने काम पत्रकारले गर्नुपर्ने स्पष्ट पारे । उनले स्वतन्त्र पत्रकार संघको दायरा बढ्दै गएको बताउँदै पत्रकारिता स्वच्छ, निष्पक्ष र सन्तुलित रुपमा गर्नुपर्ने बताए ।
त्यस्तै संघका केन्द्रीय पार्षद एवं भक्तपुरका सल्लाहकार कृष्णराम किसीले संघबाट गरिने कार्यक्रमहरुमा नियमित सहभागी हुनुपर्ने औंल्याए । साथै उनले यो संघ कुनै दलको भ्रातृ संगठन नभएको स्पष्ट पारे ।
संघका सदस्य पत्रकारहरुलाई प्रेसको ज्याकेट वितरण गर्दै गोर्खा इको प्यानलका प्रतिनिधि जीवन खाईतुले गोर्खा इको प्यानलको भूमिकाबारे स्पष्ट पार्दै पत्रकारिता क्षेत्रमा योगदान गर्ने पत्रकारहरुका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
सभापतिको आसनबाट संघका अध्यक्ष सुरेश प्रसाद साँयजूले संघले विभिन्न समयमा गरेका क्रियाकलापहरुबारे स्पष्ट पार्दै भावी योजनाहरु समेत प्रस्तुत गरेको थियो ।
संघका उपाध्यक्ष रेणु त्वानावासुले स्वागत गर्नुभएको उक्त कार्यक्रममा सचिव प्रेम प्रजापतिले संघको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अनिल फोँजूले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त अधिवेशनबाट सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गर्दै ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसमा उपाध्यक्षमा रेणु त्वानाबासु, सचिवमा प्रेम प्रजापति, सहसचिवमा राजन कुसी, कोषाध्यक्षमा अनिल फोँजु, सदस्यहरुमा राजाराम नापित, सुनिल दुवाल, रामकृष्ण प्रजापति, सुर्यमान श्रेष्ठ रहेका छन् ।