भक्तपुरमा विना दर्ता पसल संचालन

विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर १४ फागुन


भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा महालक्ष्मीमा ३१ वटा पसल अनुगमन गरिएको छ । अनुगमनमा ३१ वटा पसलहरुमध्ये १४ वटा पसल दर्ता भएको र १७ वटा पसल दर्ता नभएको समितिले बताएको छ ।

अनुगमनमा दर्ता नभएको पसलहरुमा आर के मोटरसाईकल सेन्टर, काभ्रेली खाजा घर, सरोज गौतमको दुनट उद्योग, राजेश कक्षपतिको प्लाष्टिक पसल, शिव रेडिमेड एण्ड ई पसल, एस एन मोबाइल पसल, बुद्धिसागर अवालको खाजा घर, गीता राजचलको टेलर्स, महालक्ष्मी खाजा घर, पुरन शाहको पानीपुरी पसल, आर के मोवाइल पसल, दिनेश दुवालको चिया पसल, राकेश दुवालको खाजा पसल, श्यामकृष्ण अवालको हार्डवेयर पसल, आर के ईलेक्ट्रीक पसल, महमद इन्ताहजलको सिरक डसना पसल, दतात्रय लाईट हाउस रहेको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

राम गोपाल स्टोल साइन बोर्ड राखी महालक्ष्मी स्टोर एण्ड सप्लार्यस दर्ता गरी संचालन गरी नगरपालिकामा सामान्य किराना पसलमा दर्ता गरिराखेकोले मिनिमार्टमा दर्ता गर्न र म्याद नाघेको सामानहरु ठूलो फान्टा–१ वटा, मध्यम फान्टा–२ वटा र फुच्चे फान्टा–४ वटा, कोपिको क्यापिसिना चकलेट–१ पकेट, लभ्ली जिरा सानो–१० पाकेट, पतंञ्जली रेथा हेयर क्लिनर–६ वटा, गुड डे बिस्कुट–२ पाकेट, ओटमिल–१ पाकेट, दन्त कान्ति–१२ वटा, पैरत कसुरी मेथी–२ नष्ट गर्न जफत गरियो भने पसल सरसफाई र सामानहरु व्यवस्थित गरी राख्न निर्देशन दियो । सरोज गौतमको दुनट उद्योगमा बासी दुनट –८ पाकेट र दुषित अखाद्य तेल १० लिटर जफत गरी नष्ट गरियो भने उद्योग तीन दिन भित्र दर्ता गर्न र फोहर भई दुर्गन्धीत भएकोले सरसफाईमा ध्यान दिन निर्देशन दियो ।

महालक्ष्मी तरकारी पसलमा प्रमाण पत्र पसलमा राख्न, बाटो र पेटीमा पसलको सामान नराख्न, पसलमा सरसफाई र सामान व्यवस्थित राख्न निर्देशन दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *