नेपाल ईट्टा उद्योग महासंघकाको साधरणसभा चन्द्रनिगाहपुरमा हुने

समाचार

रौतहट ८ भदौ


नेपाल ईट्टा उद्योग महासंघको ११ औ साधरण सभा रौतहटमा हुने भएको छ । रौतहट ईट्टा उद्योग संघले चन्द्रनिगाहपुरमा आईतबार विहान पत्रकार सम्मेलन मार्फत साधरण सभा रौतहटको चन्द्रपुरमा हुने जानकारी दिएको छ । नेपाल ईट्टा उद्योग महासंघको भदौ १४ गते हुने साधरण सभाको उद्घाटन संघिय सरकारका उद्योग मन्त्री मातृका यादवले गर्ने तय भएको रौतहट ईट्टा उद्योग संघका अध्यक्ष रामविनोद यादवले बताए । साधरण सभामा देशका विभिन्न स्थानबाट ईट्टा व्यवसायीहरु आउने भएकाले व्यवस्थापनमा संघ लागेको उनले जानकारी दिए । चन्द्रपुर स्थित गौतम होटलमा हुने उतm कार्यक्रमका सहयोग गर्न विभिन्न पक्ष संग रौतहट ईट्टा उद्योग संघले आग्रह गरेको छ । साधरण सभाको तयारीका लागी विभिन्न निकायसंग छलफल शुरु गरिएको संघका अध्यक्ष यादवले बताए । नेपाल ईट्टा उद्योग महासंघको साधरण सभा रौतहटमा हुनुले यहाँको व्यवसायीलाई गौरव बनाएको उनँको भनाई छ । देशभरबाट करिव ५ सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरीएको रौतहट ईट्टा उद्योग संघका सचिव मोहन साहले जानकारी दिए ।देशभर एक हजार दुई सय ईट्टा उद्योग रहेकोमा प्रदेश नं. २ मा ६ सय १२ वटा ईट्टा उद्योग छन् भने सव भन्दा बढि रौतहटमा १ सय ६१ वटा रहेको उनले बताए । रौतहटमा रहेको ईट्टा उद्योगबाट मात्र १ अर्व राजश्व संकलन हुने गरेको उनको भनाई छ । तर बर्षातको समयमा भने रौतहटका ईट्टा उद्योगले बर्षौनी क्षति व्यहानु परेको उनले बताए । रौतहटमा उत्पादन भएका ईट्टा काठमाण्डौ, पोखरा, बिराटनगर सहित देशका विभिन्न स्थानमा पुग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *