लकडाउनका बेला के खाने?

विचार विशेष समाचार समाचार स्वास्थ्य

आरबी बुढाथोकी

 

अहिले सारा संसार नै विषम परिस्थितिबाट गुज्रिरहेको छ। लकडाउनका कारण घरमै रहेर कोरोना भाइरसको सामना गरिरहेको अहिलेको अवस्थामा अधिकांश मानिसलाई दिन गुजार्न कठिनाइ भइरहेको छ।

द्रूत गतिमा चलिरहेको जीवनयापनमा एक्कासि ब्रेक लाग्दा धेरैको मनमस्तिष्कमा सक हुन पुगे तापनि यसको सामना गर्नुको अर्को विकल्प छैन। तसर्थ यो समयलाई सरल, सहज र सुरक्षित बनाउनु नै तत्कालका लागि सबैको आवश्यकता हो।

लकडाउनको समयावधि लम्बिँदै जाँदा सबैका घरमा खाद्यान्नको अभाव हुँदै गएको सहज अनुमान लगाउन सकिन्छ। यो विषम समयमा घरमा जे छ त्यसैलाई सदुपयोग गरेर दिन गुजार्नु नै बुद्धिमानी हुनेछ।

हाम्रो शरीरलाई कर्बोहाइडेड, चिल्लो पदार्थ, प्रोटिन, भिटामिनको जरुरत भए तापनि अहिलेको अवस्थामा सिएफ अर्थात् कार्बोहाइडेट, फ्याटभन्दा पिएफ (प्रोटिन, भिटामिन) जरुरी छ। घरमा बसिरहेको र कुनै काम नहुँदाको यो निष्क्रिय अवस्थामा कार्बोहाइडेट र चिल्लो पदार्थ कम गर्ने र त्यही अनुसारको खाना खाँदा स्वस्थकर हुन्छ। त्यसैले अहिलेको उत्तम डाइट भनेको मिक्स गरेर खानु नै हो।

दाल, गेडागुडी जस्ता प्रोटिन र भिटामिनयुक्त खाध्यान्नलाई झोलिलो बनाएर सेवन गर्दा उत्तम हुन्छ। भेटेसम्म र सहज भएसम्म सिट्रसयुक्त ताजा जुस पिउनु पनि शरीरको लागि अति फाइदाजनक मानिएको छ।

कुनै पनि फ्लु या ब्याक्टेरियाले हाम्रो शरीरको पाचन प्रकियालाई कमजोर बनाउने हुँदा यो समय झाडापखला लाग्ने, ज्वरो आउने, टाउको दुख्ने हुँदा झन् शरीरमा इम्युनिटी शक्ति कमजोर हुन्छ र सहज रुपमा भाइरसको संक्रमण हुनसक्छ। तसर्थ मिक्स दाल तथा मिक्स तरकारीमा पर्याप्त मात्रामा झोल हालेर पकाएको खाना अहिलेको समयमा उचित हुन्छ।

शारीरिक रुपमा पनि कुनै कठिन काम गर्न नपर्ने हुँदा सकेसम्म लाइट खाना खादा उत्तम हुन्छ। अन्य दिन जस्तो नियमित रुपमा काममा नजाने हुँदा अहिलेको यो अवस्थामा हामीलाई कार्बोहाइडेट र चिल्लो पदर्थ भन्दा प्रोटिन र भिटामिनको जरुरत छ। अहिलेको अवस्था हेरी शरीरलाई जरुरत पर्ने केही संक्षिप्त र सरल विधि तल दिइएको छ।

सब्जी फाँडो : सब्जी फाँडो विभिन्न ताजा तरकारीहरु मिसाएर बनाउने नेपालको प्राचीन झोल तरकारी हो, जुन तरकारीमा तपाईंले कुनै पनि सब्जी मिसाउन सक्नुहुन्छ। जस्तोः फर्सी, गाजर, लौका, चिचिन्डो, इस्कुस, टमाटर, हरियो सागसब्जी इत्यादि। यो भुजा या रोटीसँग खान सकिन्छ।

पञ्चकुवा : यो सुप जस्तो विभिन्न पाँच किसिमका गेडागुडी मिसार बानाइन्छ र बहुत झोलिलो हुन्छ। ज्वानो झानेर बनाइने यो गेडागुडीको झोल तरकारी पनि तपाईंले सहज रुपमा घरमा उपलब्ध समान जुटाएर सजिलै बनाएर पिउन या भुजासँग खान सक्नुहुन्छ।

जोगी जाउलो : जोगी जाउलो पनि एक नेपाली प्राचीन खाना हो, जसमा मिक्स दाल, चामल र मिक्स सब्जी हालेर तयार गरिन्छ। यो खाना अहिलेको अवस्थालाई निकै उपयोगी सावित भएको छ।

दूधरोटी या दालरोटी : दूध उमालेर मुछेको पिठोलाई बेलेर सानोसानो पिसमा काटेर बनाइने दूध रोटी निकै स्वादिष्ट र स्वास्थ्यवर्धक मानिन्छ। यस्तै दालरोटी पनि राम्रो, सरल, सादा र स्वास्थ्यवर्धक मानिन्छ।

ज्वानोको झोल : ज्वानोको झोल बनाएर खाँदा पनि अहिलेको समयलाई उचित मानिन्छ। जसले शरीरलाई प्रतिरोगात्मक शक्ति बढाउनुको साथै शरीरमा तापक्रम बढाउन मद्दत गर्छ र संक्रमणको जोखिम हदसम्म हटाउँछ।

आलुतामा, बोडी : आलुतामा, बोडी पनि नेपालको एक प्रसिद्ध र प्राचीन खाना मानिन्छ। यो मैलिक खाना पनि अहिलेको लागि उत्तम हुनसक्छ र सहज रुपमा बनाउन सकिन्छ।

अन्डा झोल करी : यो तरकारी पनि एक प्रोटिनयुक्त झोल तरकारी हो। यो सहज रुपमा घरमै बनाउन सकिन्छ।

कुखुराको मासुको झोल : नेपाली स्टाइलको कुखुराको मासुमा पर्याप्त मात्रामा पानी र गरम मसला हालेर बनाइएको पनि निकै स्वादिष्ट, सरल, पौस्टिकयुक्त र मौलिक खाना हो। यो भुजा या कोदो, फापरको ढिडोसँग खान सकिन्छ।

दही च्याँख्ला : मकैको च्याँख्ला र दही मुछेर खाँदा पनि निकै स्वादिष्ट, फाइबरयुक्त र स्वास्थ्यवर्धक हुन्छ। यसलाई हाम्रो प्राचीन र मौलिक खाना पनि मानिन्छ। यो खाना सहज रुपमा घरमै बनाउन सकिन्छ।

भटमासको सुप : भटमास भिजाएर पिसेर नेपाली स्टायलले सहज रुपमा बनाएर पिउन सकिन्छ।

ज्वानो जाउलो र मेथी जाउलो : ज्वानो या मेथी झानेर मिक्स भेज, मिक्स दाल, थोरै चामल, हरियो सागसब्जी हालेर झोलिलो तवरले बनाएको यो खाना पनि अहिलेको लागि उत्तम रेसिपी हुन्छ।

-(बुढाथोकी सोल्टी क्राउन प्लाजाका सु–सेफ हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *