कोरोना अपडेट : मृतकको संख्या ९५ हजारभन्दा बढी, के छ सार्क राष्ट्रको अवस्था?

समाचार

न्यूज अपडेट

कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ९५ हजार नाघेको छ।

नेपाली समय अनुसार शुक्रबार बिहान ८ः३० बजेसम्म कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ९५ हजार ६ सय ९९ पुगेको छ।

इटालीमा मुत्यु हुनेको संख्या  १८ हजार २ सय ७९ पुगेको छ।

अमेरिकामा १६ हजार ९ सय ९१ जना मानिसको मुत्यु भइसेकेको छ।

स्पेनमा मुत्यु हुनेको संख्या १५ हजार ४ सय ४७ पुगेको छ।

फ्रान्समा १२ हजार २ सय १० को मुत्यु भइसको छ।

युकेमा ७ हजार ९ सय ७८ जना मानिसको मुत्यु भइसकेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १६ लाख ९६ हजार ४ सय ९६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

संक्रमित बिरामी उपचारपछि घर फर्किनेको संख्या ३ लाख ५४ हजार ६ पुगेको छ।

२४ घन्टामा संसारभर ८५ हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। ७ हजार भन्दा बढीको मुत्यु भएको तथ्यांक रहेको छ।

अमेरिकामा सबैभन्दा बढी मानिस  कोरोना भाइरसबाट संक्रमित भएका छन्। २४ घन्टामा मात्र अमेरिकामा ३३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने १ हजार ९ सयको मुत्यु भएको छ। योसँगै अमेरिकामा संक्रमितको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ।

स्पेनमा संक्रमितको संख्या १ लाख ५३ हजार २ सय २२ पुगेको छ। इटालीमा १ लाख ४३ हजार ६ सय २६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।

फ्रान्समा संक्रमितको संख्या १ लाख १८ हजार ७ सय ८३ पुगेको छ। जर्मनीमा संक्रमितको संख्या १ लाख १८हजार २ सय ३५ पुगेको छ।

सार्क देशमा कोरोना संक्रमितको संख्या कुन देशमा कति ?
भारतमा एकै दिन ८ सयभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ४८ जनाको मुत्यु भएको तथ्यांक रहेको छ। योसँगै भारतमा ६ हजार ७ सय २५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। २ सय २६ जनाको मुत्यु भैसकेको छ। ६ सय २० जना निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा ४ हजार ४ सय ८९ जना मानिस संक्रमित भएका छन्। ६५ जनाको मुत्यु भइसेका छन् । ५ सय ७२ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

अफगानिस्तानमा ४ सय ८४ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। १५ जनाको मुत्यु भइसको छ।  ३२ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

बंगलादेशमा ३ सय ३० जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। २१ जनाको मुत्यु भएको छ। ३३ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

श्रीलंकमा १ सय ९० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ७ जनाको मुत्यु भएको छ। ४९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

माल्दिभ्समा अहिलेसम्म १९ जना संक्रमित भएका छन्। १३ जना उपचारपछि  निको भएर घर फर्किसकेका छन्।

नेपालमा ९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

भुटानमा संक्रमितको संख्या ५ पुगेको छ।  २ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *