न्यूज अपडेट

कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाउनेको संख्या २७ हजार ३ सय ३३ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, शनिबार बिहान ७ बजेसम्म ५ लाख ९५ हजार ९ सय ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै, एक लाख ३१ हजार ६ जना उपचारपछि निको भएका छन्।
संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणको दर पछिल्ला दिनमा उच्च देखिएको छ।
अमेरिकामा कुल १ लाख ४ हजार ७ जनालाई संक्रमण पुष्टि भएको छ। जबकि, शुक्रबार बिहान यही समयमा त्यहाँ संक्रमणको संख्या ८५ हजार ४ सय ८६ थियो।
अमेरिकापछि संक्रमितको संख्या उच्च रहेको देशमा इटाली छ। त्यहाँ ८६ हजार ४ सय ९८ जनालाई संक्रमण पुष्टि भएको छ।
इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ।
नेपालममा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एक जना उपचारपछि निको भइसकेका छन्। दुई जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा र एकजना धनगढीस्थित सेती अस्पतालमा उपचाररत छन्।
नेपालमा अहिलेसम्म ८ सय २ जनामा कोरोना परीक्षण गरिएको छ।