नेपालमा पाँचाै कोरोना संक्रमित फेला

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

नेपालमा पाँचाै कोरोना संक्रमित फेला परेकी छिन्। १९ वर्षकी युवतीमा स‌ंक्रमण भेटिएको हो। बेल्जियमबाट आएकी उनलाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिए।

उनी पनि उपत्यका बाहिरको रहेको डा देवकोटाले जानकारी दिए।

संक्रमण देखिएकी पाँचौ युवती बागलुङकी जिल्लाको रहेको बताइएको छ। उनी कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी हुन्।

नेपाल आएपछि उनी बागलुङमा गएकी थिइन्।

उनी घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन्। उनी डाक्टरको आफन्त हुन्। घरमै लक्षण देखिएपछि उनको नमुना प्रयोगशालामा पठाइएको थियो।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुँदा उनमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

शुक्रबार धनगढीमा पनि एक जना संक्रमित फेला परेका थिए।

हालसम्म नेपालमा फेला परेका पाँच संक्रमितमध्ये एक जना उपचारपछि निको भइसकेका छन्। बाँकी ४ जनाको भने उपचार भइरहेको छ।

एउटै प्लेनमा आएका थिए दोस्रो र पाँचौं संक्रमित

कोरोना भाइरसको संक्रमण देखिएका दुई जना एउटै बिमानबाट नेपाल आएको पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको पाँचौ संक्रमित र दोस्रो संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए। उनीहरु दुबै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्।

पाँचौ संक्रमित बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् भने दोस्रो संक्रमित फ्रान्सबाट कतार हुँदै आएकी थिइन्।

मन्त्रालयले दोस्रो संक्रमितको बारेमा गत सोमबार जानकारी दिएको थियो। काठमाडौंकी १९ वर्षीया युवती दोस्रो संक्रमित थिइन्। पाँचौ संक्रमित भने बागलुङकी युवती हुन्। उनीहरु दुबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *