नेपालमा कोरोनाको आशंकामा हालसम्म ७ सय ५८ जनाको परीक्षण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कोरोना भाइरसको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अहिलेसम्म ७ सय ५८ जनाको नमूना परीक्षण गरेको छ । जसमध्ये तीन जनामा संक्रमण पुष्टि भएको छ।

तीन जना मध्ये दुई जनाको शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। एक जना उपचारपछि निको भइसकेका छन्।

हाल विभिन्न अस्पतालमा गरी १७ जना बिरामी आइसोलेसन वार्डमा उपचाररत छन्। शुक्रराज अस्पतालमा ४, पाटन अस्पतालमा ४ र कान्ति बाल अस्पतालमा ९ जना कोरोनाको आशंकामा आइलेसन वार्डमा भर्ना भएर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोनाको शंकास्पद बिरामीको उपचारका लागि सात प्रदेश अन्तर्गतको २० अस्पतालमा गरी ६ सय १३ आईसोलेसन वार्ड छुट्याइएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *