न्यूज अपडेट

कोरोना संक्रमितको दर अमेरिकामा सर्वाधिक देखिएको छ।
शुक्रबार बिहान ६ः४६ सम्मको तथ्यांक अनुसार, अमेरिकामा कुल ८५ हजार ४ सय ८६ जना कोरोना संक्रमित भएका छन्।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, कोरोना संक्रमितको संख्या चीनमा ८१ हजार ७ सय ८२ छ। इटालीमा सो संख्या ८० हजार ५ सय ८९ छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार विश्वव्यापी रुपमा ५ लाख ३१ हजार ७ सय ८ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १ लाख २२ हजार २ सय ३ जना उपचारपछि निको भइसकेका छन्।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको विश्वव्यापी तथ्यांक भने २४ हजार ५३ जना पुगेको छ।