४४ वर्षपछि विश्वकपको सेमिफाइनलमा भिड्दै अष्ट्रेलिया र इंग्ल्याण्ड

अन्तर्राष्ट्रिय खेलकूद विशेष समाचार समाचार

काठमाडाैं, 

४४ वर्षपछि विश्वकपको सेमिफाइनलमा भिड्दै अष्ट्रेलिया र इंग्ल्याण्ड

 घरेलु मैदानमै विश्वकप क्रिकेट भएका कारण र वरीयतामा समेत नम्बर वान रहेका कारण इंग्ल्याण्डलाई उपाधिको दाबेदारको रुपमा हेरिएको थियो। यस्तै चार वर्षअघि घरेलु मैदानमै उपाधि जितेको अष्ट्रेलिया विश्वकपमा सदाबाहर दाबेदारको रुपमा रहेपनि पछिल्लो १ वर्ष अष्ट्रेलियाको प्रदर्शन उति राम्रो थियो।

तर आइसीसी विश्वकप क्रिकेट २०१९ मा भने अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो।

उता इंग्ल्याण्डले भने लिग चरण पार गर्न नै चुनौती पूरा गर्नुपर्‍यो। भारत र न्यूजिल्याण्ड जस्ता टिमलाई पराजित गरेपछि घरेलु टोली सेमिफाइनल टिकट काटेको थियो। यही दुई टिम आज दोस्रो सेमिफाइनलमा भिड्दैछन्।

विजेता टिमले जुलाई १४ मा लर्ड्समा हुने फाइनलमा न्यूजिल्याण्डसँग उपाधिका लागि खेल्नेछ। न्यूजिल्याण्ड भारतलाई १८ रनले पराजित गर्दै फाइनल पुगिसकेको छ।

ओडिआई विश्वकपको इतिहासमा अष्ट्रेलिया र इंग्ल्याण्ड विश्वकपमा खेल्न लागेको ४४ वर्षयता यो नै पहिलो पटक हो। सन् १९७५ मा सुरु भएको विश्वकपको पहिलो संस्करणमै यी दुई टोली सेमिफाइनलमा भिडेका थिए। जसमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको थियो।

 

विश्व वरीयता ३ मा अष्ट्रेलियासर्वाधिक ५ पटकको च्याम्पियन अष्ट्रेलिया डिफेन्डिङ च्याम्पियन समेत हो। विश्व वरीयतामा हाल तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले इङ्ल्यान्डमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। यस विश्वकपमा सेमिफाइनलमा स्थान पक्का गर्ने पहिलो टिम बनेको अष्ट्रेलिया अन्तिम लिग खेलमा दक्षिण अफ्रिकासँग हारेपछि दोस्रो बनेको हो।

अष्ट्रेलियाले भारत र दक्षिण अफ्रिकासँग मात्र हार बेहोर्दा बाँकी ७ वटा खेल जितेको थियो। ९ खेलबाट १४ अंक जोडेको अष्ट्रेलिया भारतभन्दा १ अंकले मात्रपछि पर्दै दोस्रो भएको हो।

यसअघि सात पटक सेमिफाइनल खेलेको अष्ट्रेलिया सेमिफाइनलमा पराजित भएको छैन। सात पटक नै फाइनल खेलेको उसले ५ पटक उपाधि जितेको हो।

पूर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर एक वर्षभन्दा बढी समयको प्रतिवन्धपछि यसै विश्वकपबाट राष्ट्रिय टिममा फर्केका थिए। बल टेम्परिङ काण्डपछि यी दुईले इङ्ल्यान्डमा पुनरागमन गर्दै उत्कृष्ट प्रदर्शन गरे। वार्नरले यस पटक ३ शतक प्रहार गरिकसका छन्। सर्वाधिक रन बनाउनेमा दोस्रोमा रहेका वार्नरले ३ शतकसहित ६३८ रन बनाइसकेका छन्। रोहितसँगै वार्नर पनि सचिनको कीर्तिमान तोड्ने लाइनमा छन्।

यस्तै बलिङमा अष्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले २६ विकेट लिँदै सन् २००७ मा अष्ट्रेलियाकै ग्लेन म्याग्राले राखेको कीर्तिमान बराबरी गरिसकेका छन्। अब उनी उक्त कीर्तिमान तोड्नबाट १ विकेटले मात्र टाढा छन्।

अष्ट्रेलियाले लिग चरणमा इङ्ल्यान्डसँग खेल्दा जित हात पारेको थियो। अब सेमिफाइनलमा पनि उक्त लय कायम राख्दै लगातार फाइनल पुग्ने लक्ष्यमा छ।

 

विश्व वरीयता १ मा इङ्ल्यान्ड

अहिलेको इङलिस टोलीलाई इतिहासकै उत्कृष्ट मानिन्छ। ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट रहेको इङ्ल्यान्ड भारत र न्यूजिल्याण्ड जस्ता टोलीलाई हराउँदै सेमिफाइनल पुगेको हो।

सन् १९९२ पछि पहिलो पटक सेमिफाइनल पुगेको इङ्ल्यान्ड अब फाइनल पुग्ने लक्ष्यमा छ। १९९२ मै फाइनल खेलेको इङ्ल्यान्ड पाकिस्तानसँग पराजित भएको थियो। अहिलेसम्म ३ पटक फाइनल पुगेर पनि इङ्ल्यान्डले उपाधि जित्न सकेको छैन।

श्रीलंका र अष्ट्रेलियासँग पराजित भएपछि लिग चरणबाटै बाहिरिने खतरामा पुगेको इङ्ल्यान्डले भारत र न्यूजिल्याण्डविरुद्ध पुनरागमन गर्दै शानदार जित हात पारेको हो।

विश्व वरीयतामा १ नम्बरमा रहेको इङ्ल्यान्ड ३ सय भन्दा बढी रन बनाउन माहिर टोली मानिन्छ। प्रदर्शनमा उतारचढाव आएपनि जुनसुकै टोलीविरुद्ध नतिजा आफ्नो पक्षमा पार्न सक्ने खुबी यस टोलीमा छ। ज्यासन रोए, जो रुट, कप्तान इओन मोर्गन, जोस बटलर जस्ता ब्याट्सम्यान रहेको इंग्लिस टोलीमा बेन स्टोक्स जस्ता अलराउण्डर छन्। यस्तै क्रिस वोक्स, जोफ्रा आर्चर र मार्क उडले बलिङ लाइन सम्हालिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *