कोरोना पुष्टि भएका बिरामीलाई टेकुबाट पाटन अस्पतालमा ‘सिफ्ट’ गरिने

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण पुष्टि भएका बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पाटन अस्पतालमा स्थानान्तरण (सिफ्ट) गर्न भएको छ।

कोरोना भाइरस संक्रमणसँग सम्बन्धित रोगको परीक्षण र त्यसको निर्क्यौल गर्ने समयसम्म मात्र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई माध्यमको रुपमा प्रयोग गर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए।

उनले कोरोना भाइरस पुष्टि भएमा ती व्यक्तिलाई पाटन अस्पतालमा सिफ्ट गर्ने निर्णय गरेको जानकारी दिए।

उनले उपचारका लागि औषधि र उपकरण जुटाउन सरकार प्रमुखता साथ जुटेको पनि बताए।

कोरोना भाइरससँग सम्बन्धित नियमित बिफ्रिङमा मन्त्री ढकालले बुधबार बिहान पाटन अस्पतालको निरीक्षण गर्नेक्रममा सो विषयमा छलफल भएको बताए।

उनले भने,  ‘हामी पिपीईलगायतका केही सामग्री आफै निर्माण गरिरहेका छौँ, पाटन अस्पतालका ४ जना साथीहरु दिनरात पीपीई बनाउन जुटिरहनु भएको छ। त्यस्तौ धुमबाराहीमा पनि बनिरहेको छ।’

उनले चीनबाट माग भएका सामग्री ल्याउन सरकारबाट ठोस पहल भइरहेकोले ३ दिनभित्र नेपाल ल्याउने पहल भइरहेको बताए।

उनले भने, ‘बुधबार साँझसम्म ती सामाग्री ल्याउने व्यक्तिहरुको टुंगो लाग्नेछ।’

त्यसरी ल्याइएका सामाग्रीलाई प्रदेश, जिल्ला र प्रभावित क्षेत्रमा पुर्‍याउन स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र यातायात मन्त्रालयकोको प्रतिनिधि रहेको टोली बनाइएको मन्त्री ढकालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *