‘चङ्गा चेट’को फस्टलुक सार्वजनिक, चंगामा कलाकार

कला/साहित्य मनोरञ्जन समाचार

काठमाडौं, २१ असोज

सिनेमा ‘चङ्गा चेट’ निर्माण टिमले फस्टलुक पोष्टर सार्वजनिक गरेको छ। पोष्टरमा फिल्मका मुख्य कलाकारलाई उडेको चंगा भित्र राखिएको छ।

कार्तिक १६ बाट प्रदर्शनमा आउने सिनेमा चंगा चेट माधव वाग्ले र शर्मिला पाण्डेको निर्माण तथा दिपेन्द्र के खनाल निर्देशनमा तयार भएको हो।

यस अघि २ गीत ‘गोजीमा दाम छैन’ र ‘ढल्की ढल्की नाचन’ रिलिज गरिसकेको छ। सिनेमाको ट्रेलर आइतबार दिउसो सार्वजनिक गर्ने तयारीमा रहेको छ।

सिनेमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री, परमिता आरएल राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ। सिनेमामा निश्चल बस्नेत, बेनिशा हमाल र रीचा शर्मा अतिथि भुमिकामा देखिनेछन्।

सिनेमामा प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलसँगै राजनराज सिवाकोटीको संगीत, सुर्य थोकरको द्वन्द, निरक कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *