कोरोना संक्रमित युवा अस्पताल पुग्नुअघि होटलमा बसेका थिए, साथीहरुलाई ‘पार्टी’ दिएका थिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कोरोना संक्रमण पुष्टि भएका धादिङका युवा युनाइटेड अरब ईमिरेट्स (युएई)बाट नेपाल आएपछि राजधानीको एक होटलमा बसेका थिए।

होटलमा रहँदा उनले साथीहरुलाई बोलाएर जमघट गर्नुका साथै पार्टी समेत दिएका थिए।

चैत ६ गते नेपाल आएका उनी १० गतेमात्र अस्पताल पुगेका थिए। उक्त पाँच दिनको अवधिमा उनले धेरैजनासँग भेटघाट गरेको अस्पतालमा जानकारी दिएका छन्।

कोरोना भाइरसको संक्रमण देखिएपछि हाल उनको टेकु अस्पतालको आइसोलेसनमा  उपचार भइरहेका छन्।

३२ वर्षिय उनी नेपाल आएको पाँचौँ दिनमा मात्र स्वास्थ्यमा असहजता भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए।

उनी बसेको होटलका नाम भने स्वास्थ्य मन्त्रालयले गोप्य राखेको छ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बुधबार नियमित कोरोना बिफ्रिङमा ती युवाका परिवार,  उनी बसेको होटल, त्यहाँ रहेका र भेटेका व्यक्तिको खोजी गरी जाँच गरिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *