सडकमा अनियमितता

समाचार

दैलेख, ६ चैत्र


पुर्वाधार विकास कार्यालय दैलेखले पुरानै सडकलाई नापेर नयाँ सडक भनि भुक्तानी दिएको पाईएको छ् । शिर्षकगत बजेट र स्टमेट, मादण्ड अनुसारको कामै नगरी प्रक्रिया मिलाएर भुक्तानी दिएको पाइएको हो । कर्णाली प्रदेश सरकारबाट जनता सडक कार्यक्रम अन्र्तगत मध्यपहाडी लोकमार्ग–भिरखेत–गिताचौर–काँसिकाँध–कालिकोट लिंक सडक शिर्षकमा आर्थिक वर्ष ०७५/७६ मा १ करोड ५० लाख रकम विनियोजन गरिएको थियो । उक्त आयोजना टेण्डरमार्फत बडिमालिका निर्माण सेवा तथा बडिमालिका सप्लायर्सले २०७६ जेठ ९ गते ४६ लाख २८ हजार एक सय ३४ रुपैयाँमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको गर्‍यो । सम्झौतामा २०७६ पौष २८ गतेभित्र काम सम्पन्न गर्न पुर्वाधार विकास कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख गोविन्द बहादुर महत्तरा क्षेत्रीले पत्र लेखी पठाए । बजेट शिर्षक र स्टमेट अनुसार सडकको जीरो ‘प्वइन्ट’ भिरखेतलाई मानिन्छ्, यद्यपी ‘निर्माण कम्पनी र ईञ्जिनियरको मिलेमत्तोमा महावु गाउँपालिकाको काँसिकाँधलाई जीरो ‘प्वइन्ट’ मानेर काम सुरु गरिएको थियो । आयोजनामा ईन्जिनियर सुर्य बहादुर शाही र सव ईन्जिनियर वीरेन्द्रजंग शाहीलाई खटाइएको थियो । ‘जीरो ‘प्वइन्ट’ भिरखेत भएकोले काम त्यही बाट सुरु गर्न पटक–पटक निर्माण कम्पनी, ईन्जिनियर र जनप्रतिनिधिलाई अनुरोध गरेपनि उनीहरुले जनताको कुरा सुनेन् ,एक स्थानीय नरेश बहादुर सिंहले भने । आश्वासन मात्र भिरखेत भनिएपनि काम काँशिकाँधबाटनै गरिएको छ् । प्रदेश लेखा नियन्त्रण कार्यालयका सुचना अधिकारी एमुना श्रेष्ठले ‘शिर्षकगत बजेट छुट्याई सकेपछि सोही अनुसार खर्च गरिनुपर्ने बताईन् ।बजेट वनियोजन भईसकेपछि कि शिर्षक संशोधन गरिएको हुनुपर्छ,नभए सोही अनुसार खर्च गरिनुपर्छ, उनले भनिन् यदि शिर्षक अनुसारको काम गरिएको होइन भने बजेट अनियमितता हो । कर्णाली प्रदेश सरकारका अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष एवंम् सोही निर्वाचन क्षेत्रका सांसद अम्बर बहादुर थापा सहितको टोली सडकको अनुगमन गर्न गएपनि बाटो खराबी भन्दे बिच बाटोबाट नै फिर्ता भए । पानी परेकोले बाटो चिप्लो थियो त्यसैले हामी पुग्न सकेनौं । अब फेरि केही दिनमा अनुगमन गर्ने थापाले जनाए । सांसद थापाले सडकमा ‘डुब्लिकेशन’ भएको भन्ने तथ्य फेला परेको बताए । ‘तथ्यका आधारमा कार्वाही गर्न सकिदैन, हामी पुनः प्राविधिक सहितको अनुगमन टोलीले नाप जाँच गरिसकेपछि कार्वाही प्रक्रिया अगाडि बढाउछौं, उनले भने् । सडकको विषयमा आफु जानकार नभएको भन्दै आफुले काम मात्र सुरु गराएको सडक आयोजनाका सव ईन्जिनियर विरेन्द्रजंग शाहीले बताए । ‘विस्तृत योजना प्रतिवेदन (डिपिआर) र स्टमेट अनुसारनै काम सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधीको ‘दावी’ छ् । आर्थिक वर्ष २०६६/६७ मै भिरखेत–बाँसि–गिताचौर–काँसिकाँध सडक तत्कालिन जिल्ला विकास समितिमार्फत ट्रयाक खोलिएको भएपनि सडक नापजाँच गरी स्टमेट पुरा गरेको स्थानीयको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *