बिहीबारदेखि सुरू हुने एसइई परीक्षा र चैतमा हुने विश्वविद्यालयका परीक्षा सरकारले स्थगित गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलका अनुसार चैत ६ देखि सुरू हुने भनिएको एसइई र चैतमा हुने विश्वविद्यालयका परीक्षा स्थगित गरिएको हो।
‘एसइईसहित सबै परीक्षा रोक्ने निर्णय भएको छ। हामीले सम्माननीय प्रधानमन्त्रीसँग छलफल गर्यौं’, मन्त्री पोखेरले भने, ‘जोखिम रोक्नका लागि यो निर्णय उचित हुन्छ भन्ने भयो।’
बुधबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले सार्वजनिक गरेको निर्णयमा भने एसइई परीक्षा नसर्ने जानकारी गराइएको थियो।
यसअघि समिति बैठकले बुधबार विद्यालय र क्याम्पसमा पढाइ चैत मसान्तसम्म रोक्ने निर्णय गरेको थियो।
विद्यालय र विश्वविद्यालयका पठनपाठनसहित परीक्षा स्थगित कहिलेसम्म गर्ने भन्नेबारे परीक्षा बोर्ड बैठकले छलफल गरेर निर्णय गर्ने उनले बताए।