चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु नभएसम्मको लागि भक्तपुरका विद्यालयकाे पठनपाठन बन्द

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

भक्तपुर, ४ चैत


विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिमलाई विशेष ध्यानमा राखेर भक्तपुर नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा निजी विद्यालयहरुमा यही चैत ६ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु नभएसम्मका लागि पठनपाठन बन्द हुने भएको छ ।
नगर प्रमुख तथा नगर शिक्षा समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले उक्त निर्णय गरेको नगर शिक्षा अधिकृत हरिप्रसाद निरौलाले बताए ।
बैठकले बालबालिकाहरुलाई घरमै सुरक्षित रुपमा बस्न तथा अभिभावकहरुलाई रोग संक्रमणको जोखिमबाट सचेत रहन तथा विद्यालयका शिक्षक–कर्मचारीहरुले विभिन्न माध्यमको प्रयोगबाट आफ्ना विद्यार्थी तथा अभिभावकहरुलाई कोभिड १९ रोगबारे सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिने निर्णय गरिएको जानकारी दिए ।


यस अवधिमा दिइएको बिदा शैक्षिक सत्र २०७७ को गर्मी बिदामा समायोजन गर्न समेत बैठकले निर्देशन दिएको छ ।
यसअघि विद्यालयमा कक्षा सञ्चालन तथा कोभिड १९ रोगबारे सचेतता जगाउने सम्बन्धमा नगरभित्र सञ्चालित विभिन्न विद्यालय परीक्षा समितिका पदाधिकारीहरु एवम् सरोकारवाला पक्षहरुसँग नगरपालिकाले राय–सल्लाह लिइएको नगरपालिका स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *