पर्यटकलाई लोभ्याउने ‘राकम कर्णाली’ र्‍याफ्टिङको डीपीआर तयारी

अर्थ/वाणिज्य पर्यटन मनोरञ्जन विशेष समाचार समाचार

दैलेख, ४ चैत


‘यता उता अग्ला हरियाली डाँडा काँडा । पारी अछाम वारी दैलेख उत्तरतर्फ कालिकोट । एकातिर लालिबगरमा बगेको कर्णाली नदीको निलो पानी । सिलेट र खरले छाएका परम्परागतशैलीमा निर्माण गरिएका घर, बिचमा समथर भू–भाग हो दैलेखको ‘राकम कर्णाली ।’ बीचमा कानेगाड खोला, बाँयातर्फ रहेको कर्णाली राजमार्गमा सवारी साधन्को लाम पनि उस्तै देख्न सकिन्छ’ यहाँ । सदरमुकामदेखि २२ कोष टाढा आठबीस नगरपालिकामा पर्ने ‘राकम’ कर्णाली प्रदेशको पर्यटकीय गन्तव्य हो । प्रदेश सरकारले छनोट गरेको ३० पर्यटकीय गन्तव्यस्थल मध्ये राकम कर्णाली पनि एक हो । कालिकोट दैलेख र अछाम जिल्लाको संगम स्थल मात्र हैन’ राकम’ तीन जिल्लाको मुख्य व्यापारी केन्द्र पनि हो । ठकुरी, दलित, माझी समुदायको बसोबास रहेको यो सुन्दर फाँटमा कोही सम्पन्न विपन्न जस्तो देखिँदैनन् । सबैका एउटै खाले घर छन् । उत्पादनका हिसाबले पनि राम्रो भुमि हो । मध्यपहाडी राजमार्ग र कर्णाली राजमार्गको पहुँच भएको यो ठाउँ पुष्पलाल लोगमार्गको १२ ओटा नयाँ शहरमा प्रस्तावित गरिएको छ् । सुदूरपश्चिम प्रदेशको रामारोशन, विनायक, खप्तड कमल बजारमा मध्यपहाडी राजमार्ग भएर राकम भएर जान सकिन्छ । ‘‘नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको स्वर्गकी अप्सरा उपमा पाएको राराताल, कैलाश, मानसरोबर र राक्षसताल मुख्य प्रवेशद्धार मानिन्छ् राकमलाई ।’ एउटै गाउँबाट माझी, राजी क्षेत्रीको संस्कार पनि बुझिन्छ । यो ठाउँ प्याराग्लाडिङ, र्‍याफ्टिङका लागि उपयुक्त मानिन्छ । नगरपालिकाका अनुसार यही बर्षमा र्‍याफ्टिङको लागि डीपीआरको तयारी थालिएको छ् । पानी परियोजनाले डीपीआर बनाउने भनेको छ्,’ रिपोर्ट आउन बाँकी छ्, नगर–उपप्रमुख दिपा बोहोराले बताइन् । डीपीआरका लागि केन्द्र सरकारको गत बर्ष रकम विनियोजन गरेको थियो ।
‘पर्यटकको प्रवेशद्धार भएकाले पहिलो कुरा होटलको व्यवस्थितीकरण र अर्गानिक वस्तुहरुको प्रयोग गर्न बानी बसाल्न सकियो भने् पर्यटकलाई लोभ्याउनुका साथै आर्थिक आम्दानी पनि बढ्ने उपप्रमुख बोहोराको बुझाइ छ । ‘राकम माछाको बासस्थान भएकोले कैलाशबाट आएको यसलाई महत्वपुर्ण मानिन्छ ।’ मनभित्र गुजमुजियका वहलाई राकमको पर्यावरणीय सौन्दर्यताले भुलाइदिन्छ ।’ त्यसैले राकमलाई ‘नमासम् राखम कर्णाली’ भन्दै बचाइराख्नुपर्ने विज्ञहरुले सुझाएका छन् । नेपाल भ्रमण बर्ष २०२० मा भित्रै राकम–राजापुरसम्म विश्व र्‍याफ्टिङ प्रतियोगिता गर्ने तयारी थालिएको नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलले बताए । यहाँ भन्दा अगाडी विश्व ¥याफ्टिङ प्रतियोगिता ब्राजिलको एमआईजन रिभरमा १ सय ८० किलोमिटर मात्र भएको थियो । कर्णालीमा २ सय ४२ किलोमिटर हुने उनको बताए । राकमलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि चालू आर्थिक बर्षमा प्रदेश सरकारले रु.७० लाख बजेट विनियोजन गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायाले जानकारी दिए । प्रदेश सरकारको बजेटबाट होमस्टे, मन्दिर, र ¥याफ्टिङ्को ‘सेसन’ छानेर त्यस सम्बन्धी तालिमहरु सञ्चालन गरिने छ् । यस्तै र्‍याफ्टिङ सम्बन्धी सामग्रीहरु खरिद गर्ने सम्झौता भएको नगरपालिकाले बताएको छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *