दैलेख, ४ चैत
‘काँचो छालालाई परम्परागत प्रविधिबाट प्रशोधन गरी बनाइने ‘साँबर छाला’का लागि दैलेख नेपालकै प्रसिद्ध जिल्ला हो । कुनै बेला चिनोको रुपमा रहेको साँबर छाला अहिले लोप हुँदै गएको छ् । माग बढेपनि आपुर्ती नहुँदा नारायण नगरपालिका–१ भगवती टोलमा रहेको साँबर छाला बनाउँने स्थान समेत अहिले छैन । ‘एक समयमा नेपालमा मात्र नभई विदेशसम्म पुगेको साँबरका छालाबाट निर्माणाधीन जुत्ता, चप्पल, कोट लोकप्रिय मानिन्थे ।’ माग बढेपनि अहिले आपूर्ती शुन्य अबस्थामा छ ।’ कुनै समय साँबरका सामग्रीहरु जिल्लामा हुने हरेक जसो कार्यक्रमहरुमा दिने–लिने गरिन्थ्यो,’ बिडम्वना आर्थिक उपार्जनको स्रोत मानिने साँबर नै लोप हुँदा समेत राज्य बेखबर बनेको छ ।’
जंगली जनावर मृग, रतुवाको छालाबाट निर्मित साँबरमा जुत्ता, चप्पलको माग दिनानुदिन बढदै गएको छ,’ दैलेख बजारका एक मात्र साँबर व्यापारी शंकर बयलकोटीले भने । पेशाले आधुनिकता नपाउँदा नै लोप भएको हो । ‘चाडपर्व आसपासको समयमा विभिन्न पेशा, व्यवसायमा लागेका उपभोक्ताले साँबर जुत्ताको धमाधम ‘अर्डर’ दिने गर्दछन् भने जापानबाट समेत माग आइरहेको छ्,’ उनले भने । तर, माग पूरा गर्न सकिएको छैन । साँबर छालाबाट निर्मित सामग्री आकर्षक, बलियो र पालिस लगाउन नपर्ने भएकाले यसलाई बढी रुचाइएको हो ।’ उनका अनुसार अहिले जंगलहरु सामुदायिक र राष्ट्रिय वनका रुपमा संरक्षण भएकाले वन्यजन्तु मार्न ‘प्रतिबन्धित’ छ । जसकारण छाला संकलन गर्न सकिएको छैन । फाट्टफुट्ट आफूले कहिले काँही साँबरछालाका सामग्री बनाउने गरे पनि व्यावसायिक रुपमा भने काम गर्न नसकिएको उनले बताए । केही पहिले साँबरछाला दैलेखमा बन्ने खबर पाएपछि एक टोली दैलेख आई काम शुरु गरेको थियो । तर, निरन्तरता दिन नसक्दा उनीहरु फर्किएको वुद्धिजीवीको भनाइ छ । ‘हाल साँबर छालाबाट निर्मित एक जोडी जुत्ताको मूल्य रु.४ हजारदेखि ६ हजारसम्म पर्छ । यति मात्र हैन साँबरछालाबाट ब्याग, कोट, पर्स लगायतका सामग्री पनि यसबाट बन्ने गर्दछन् । यो व्यवसायलाई आधुनिक प्रशोधन गर्ने प्रविधि आयात गरी नयाँ प्रविधिको प्रयोगमा व्यवसयालाई आधुनिकीकरण गर्नुपर्ने सरोकारवालाहरुको जोड छ । दैलेखको एक मात्र चिनारीको रुपमा रहेको यसलाई व्यावसायिकीकरणमा जोड दिनको लागि आन्तरिक र वाह्य पर्यटकलाई सामानहरु वेचविखन गरी आयस्रोत बढाउन सकिने देखिन्छ् । सामान्यतया सार्की समुदायको यो पेशा अहिलेका नयाँ पुस्ताले काम गर्न रुचाउँदैनन्,’ फेरि बयलकोटीले थपे विगत ८ बर्ष यता उत्पादनमा ह्रास आएको छ ।
यसरी गरिन्छ सावँर छाला प्रशोधन
साबँर उत्पादनका लागि ४ ओटा विशेष प्रकारका खाल्डा (खाडी) बनाइन्छ् । खाडीमा मौवा, उत्तिस, चुन र धाईरो जस्ता बोटबिरुवाको वोक्राहरु मसिनो धुलो बनाई चुनापानीमा मिसाई छाला त्यसमा राखिन्छ । करिब २० दिनसम्म खाडीमा राखेपछि छालाका रौँहरु जान्छन् । त्यसपछि विशेष प्रकारको थैलोमा छाला सुकाइन्छ र साँबर तयार हुन्छ । व्यापारी शंकर वयलकोटीका अनुसार प्रशोधन गर्नका लागि करिब ३ महिना लाग्छ ।
बजेट छ् कार्यान्वयन छैन
‘साँबर छाला’ लोप हुँदै गएपछि प्रदेश तथा स्थानीय सरकारहरुले चासो दिएका छन् । यद्यपि कार्यान्वयनमा भने आएको छैन । गत आर्थिक बर्ष पनि प्रदेश सरकारले बजेटको व्यवस्थापन गरेको थियो,’ तर काम नभइकनै बजेट फ्रिज भयो । यो बर्ष कर्णाली प्रदेश सरकारले–४० लाख बजेट विनियोजन गरेको बताएको छ । नारायण नगरपालिकाले पनि बजेट छुट्याउने चासो दिएपनि निरन्तरता भने दिन सकिरहेको छैन । नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले वन्यजन्तुबाट नभई घरपालुवा जनावरबाट प्रशोधन गर्ने गरी तयारी थाल्ने बताए । ‘‘बँगुर र राँगाको बदशाला बनाई त्यसबाट साँबर बनाउने गरी आधुनिक प्रशोधन गर्नुपर्ने देखिन्छ,’ उनले भने । ‘माग अत्यधिक भएकाले जोगाउनु पर्नेमा उनको जोड छ । यसलाई जोगाई व्यापारीकरण गर्न सके जिल्लालाई नै फाइदा पुग्ने छ ।’ पहिलेको समयमा काम गर्ने बुढापाखाहरु अहिले नभएको र युवापुस्ताले काम गर्न नरुचाउने देखिएकाले समस्या भएको नगरपालिकाले बताएको छ ।