५७ जिल्लाका १२ देखि १८ वर्षसम्मका १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि मोडर्ना खोप लगाइने

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २४ मंसिर

विद्यालयमा खोप केन्द्र

1140x725

१२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त उमेर समुहका लागि मोडर्ना र फाइजर खोप लगाउने निर्णय गरेअनुसार पुस ४ गतेदेखि मोडर्ना खोप लगाउने तयारी गरेको हो।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान संचालन गर्न लागेको जनाएकोछ।

उनले भने,‘विद्यालयमा खोप केन्द्र तोक्ने जिम्मा स्थानीय तहलाई दिइएको छ। त्यसका लागि केही मापदण्ड रहेर स्थानीय तहले खोप केन्द्र तोक्छन्।’

हिमाली जिल्लाका लागि १०० भन्दा बढी विद्यार्थी भएको विद्यालय र अन्य बाँकि जिल्लामा २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएकाे प्रमुख दाहालले जानकारी दिए।

उनका अनुसार यसअघि फाइजर खोप संचालन भएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराबाहेकका जिल्लाका जिल्लामा मोडर्ना खोप अभियान संचालन हुनेछ। उनले यी जिल्लाहरुमा फाइजर खोप आएपछि खोप लगाइने लगाइने बताए।

यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समुहका २४ विशेषज्ञ अस्पतालहरुबाट दीर्घरोगीलाई फाइजर खोप दिईसकेको छ। भने सोही समयमा कतिपय स्वस्थ किशोरकिशोरीलाई पनि फाइजर खोप दिइएको परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले बताए।

नेपालमा गत शुक्रबार र आज गरी ३६ हजार ५१ हजार ६०० डोज मोडर्ना खोप आइसकेको छ। आगामी आइतबार १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउने विभागको व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयले यसअघि, २८ जिल्लाका १६ हजार खोप केन्द्रबाट नियमित कोरोना खोप अभियान भइरहेको पनि जनाएको छ।

सरकारले  तीन महिना पुरा भएका गर्भवतिहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउन अनुरोध गरेकाे छ।

नेपालमा खाेप अभाव नभएकाे भन्दै सरकारले सबैलाई नजिकैकाे खाेप केन्द्रमा गएर खाेप लगाउन पनि अनुराेध गरेकाे छ।

बिहीबारसम्म नेपालमा कूल जनसंख्याको ३५‌.७ प्रतिशतले पहिलाे र २९‍‍.८ प्रतिशतले पूर्ण मात्रा खाेप लगाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *