पनौतीमा अनिश्चितकालीन कर्फ्यू

विशेष समाचार समाचार स्वास्थ्य

काभ्रेपलाञ्चोक, ४ चैत

टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको विषयलाई लिएर भएको प्रदर्शनले उग्र रुप लिनसक्ने आँकलन गर्दै प्रशासनले पनौतीमा कर्फ्यु जारी गरेको छ । सोमबार प्रदर्शनले उग्र रुप लिएको र बिहानबाटै प्रदर्शन भएको भन्दै अर्को सूचना जारी नभएसम्मको लागि पनौती बसपार्क आसपासको क्षेत्रमा ९ बजेबाट कर्फ्यु जारी गरको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।

सोमबार पनौतीमा बा५ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की २६ वर्षीय जुनीमाया तामाङ र ३ वर्षीय छोरी स्मारिकाको मृत्यु भएको थियो।

आक्रोशित आफन्त र स्थानीयले प्रदर्शन थालेपछि प्रहरीसँग तनावको स्थिति बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो। गोलीको छर्रा लागेर प्रहरी हवल्दारसहित ६ प्रहरी र ३ स्थानीय घाइते भएका थिए। छर्रा कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

खानीखोला–१ स्थित कालिका प्राथमिक विद्यालयको प्रधानाध्यापक समेत रहेकी उनले परीक्षा व्यवस्थापनको जिम्मेवारी अरुलाई दिएर स्वास्थ्य जाँचको लागि बनेपा आउँदै गर्दा टिपरले ठक्कर दिएको थियो। मृतकको शव पोस्टमार्टमको लागि शीर मेमोरियल अस्पतालमा राखिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *