चितवनमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी

अर्थ/वाणिज्य विशेष समाचार समाचार

चितवन, ३ चैत


जिल्ला प्रशासन कार्यालय, चितवनले जिल्लाबासीका लागि स्मार्ट कार्डसहितको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६÷७७ देखि आगामी दुई वर्षभित्र रहेक नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य अनुसार कार्ड वितरण गर्ने तयारी गरेको हो । शुरुवाती चरणमा २ हजार व्यक्तिको कार्ड तयार भएर कार्यालयमा आइसकेकोले छिट्टै नै वितरण गर्न लागिएको कार्यालयले जानकारी दिएको छ । ‘२ हजार व्यक्तिको स्मार्ट कार्ड आइसकेको छ, हामीले यसलाई छिट्टै वितरण गर्ने तयारी गरेका छौं ।’ प्रशासकीय अधिकृत ईश्वर सिंखडाले भने ।
गत असार १९ गतेदेखि कार्यालयले व्यक्तिको विवरण संकलन गर्दै आएको थियो । हालसम्म १५ हजार ६ सय ७२ जनाको विवरण भरिएको सिंखडाले जानकारी दिए । हालसम्म कार्यालय परिसरबाट विवरण गरिदै आएपनि यसलाई थप प्रभावकारी बनाउन वडा स्तरमा आवश्यक कर्मचारी, प्राविधिक खटाउन लागिएको उनले बताए । जसका लागि जिल्लामा १ सय १७ कर्मचारी, प्राविधिकको छनोट गरी तालिम दिने तयारी समेत गरिएको छ ।
नागरिकता भन्दा सहज, स्मार्ट कार्डका रुपमा प्रयोग गर्न सकिने, तीन पुस्ते विवरणसहितको राष्ट्रिय परिचयपत्र कोही नछुटोस् र कोही नदोर्होिरउन् भन्ने उद्देश्यका साथ काम भइरहेको उनले बताए । शुवाती चरणमा नागरिकताको आधारमा नागरिकको व्यक्तिको विवरण भरिने र क्रमशः उनीहरुको सम्पत्ति विवरण, कारोबार लगायत अन्य विवरण थप्दै लैजाने सिंखडाले बताए । हाल कार्यालयमा परिचयपत्रको लागि फोटो खिच्ने, फिंगर प्रिन्ट, आंँखाको रेटिनाको फोटो खिच्ने र डिजिटल सिग्नेचर सहितको विवरण भरी फाराम संकलनको काम भइरहेको छ ।
९ हजार ८ सय ६१ राहदानी वितरण
जिल्ला प्रशासन कार्यालय, चितवनले चालू आर्थिक बर्ष ०७६÷०७७ मा ८ महिनामा ९ हजार ६१ राहदानी वितरण गरेको छ । राहदानी वितरणबाट कार्यालयले ५ करोड १८ लाख ६७ हजार पांँचसय रुपैयांँ संकलन गरेको छ । कार्यालयले साधारण राहदानी ८ हजार ८ सय १ थान, दु्रत सेवा २ हजार ३७, हराएको राहदानी बाट ६ सय ९५ थान र नाबालक ३ सय ६५ गरी उक्त रकम संकलन गरेको हो । गतबर्ष कार्यालयले कुल १३ हजार ४ सय ६७ थान राहदानी वितरण गरेको थियो । उक्त सेवाबाट ६ करोड ९३ लाख ३० हजार राजस्व संकलन भएको थियो । साधारण राहदानी ९ हजार २ सय ४६ थान, दु्रत राहदानी सेवा ३ हजार थान, हराएको राहदानीबाट ६ सय ७३ र नाबालकको राहदानी वितरण ६ सय ७३ थान गरी उक्त राजस्व संकलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *