घिमिरे आमरण अनशनमा

समाचार

लक्ष्मी सुकुभटु
काठमाडौं, २३ फागुन


यही फागुन १७ गतेदेखि रत्नपार्कमा श्रीराम घिमिरे आमरण अनसन बसेको छ । अनशनकारी घिमिरेले २० रोपनीभन्दा कम जग्गा जमिन भएका नेपाली किसान परिवारलाई मलबीउ निःशुल्क व्यवस्था गर्नुपर्ने र वैदेशिक रोजगारीमा गएर मृत्यु भएका मृतकको परिवारलाई २० लाख क्षतिपूर्ति दिनुपर्ने र वैदेशिक रोजगारीमा दुर्घटना भई घाइते भएका नेपालीलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने माग राखेका छन् । साथै उनले पीडित परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको पूर्ण ग्यारेन्टी गर्नुपर्ने पनि बताएका छन् । अनशन आज शुक्रबारसम्ममा सातौं दिन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *