लक्ष्मी सुकुभटु
काठमाडौं, २३ फागुन
कपन–१२ स्थित केयर बालगृहमा ११०औं नारी दिवस सम्पन्न गरेको छ । ‘समानताका पुस्ता अन्त्य गरौं, हिंसा विभेद र असमानता’ भन्ने नाराका साथ भएको उक्त कार्यक्रम विशेष अतिथि कृष्ण प्रसाद शर्माले मातृभूमि र देशभक्तिपूर्ण भनाइ राखेका थिए । कार्यक्रममा समाजसेवी उमा राईले बालगृहमा आर्थिक सहयोग प्रदान गरी आफ्नो भनाइ राखेका थिए ।
सभापति पुष्पा अधिकारीले विभिन्न क्षेत्रका समाजसेवीहरुलाई सम्मान गरेको उक्त कार्यक्रममा राज्यश्वरी श्रेष्ठ, दुर्गानाथ दाहाललगायतले आफ्नो भनाइ राखेका थिए ।