कलाकार न्यौपानेको निधन

मनोरञ्जन समाचार

काठमाडौँ, ७ माघ


कलाकार गणेश न्यौपाने ‘मुनालको आज निधन भएको छ । दमका रोगी ६८ वर्षीय मुनालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार निर्मल शर्माले जानकारी दिए ।

मुनालले प्रेमयुद्ध, दिदीबहिनी, मिस्टर डन, सेतो बाघलगायत चलचित्र तथा ‘तितो सत्यलगायतका टेलिश्रृङ्खलामा अभिनय गरेको थियो । मुनालको आजै अन्तिम संस्कार गरिने भएको छ । उनको पार्थिव शरीर पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि राखिने शर्माले जानकारी दिए । मुनाल काठमाडौँको महाङ्कालका स्थायी बासिन्दा हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *